Once is not enough to visit Tehrathum


Tuesday, February 22, 2011

गाउँको माया त यस्तो पो हुनुपर्छ

मनोज लिम्बु-
तेह्रथुम /गाउँको सम्झनामा भूतपूर्व बृटिस आर्मी खाम्लालुङ्ग २ का दुर्गाप्रसाद फोम्बोले गाउामा काठेपुल, खानेपानी र धर्मशाला पाटी निर्माण गरिदिनु भएको छ । फोम्बोले स्थानीय भैंसेखोला र भङ्गखोलामा काठेपुल निर्माण गरिदिनु भएको हो ।
उहााले छिमेकीको घरमा समेत खानेपानीको धारा निर्माण गरिदिनु भएको छ । खाम्लालुङ्ग २ स्थित फोम्बो आवाजङ्गहरुको माङ्गेना यकमा फोम्बोलेे धर्मशाला पाटी निर्माण गरिदिनु भएको छ । समाज सेवा र गाउाको विकास गर्ने उदेश्यले करिव ७ लाख रुपैयाा लागतमा गाउामा खानेपानी, काठेपुल र धर्मशाला पाटी निर्माण गरेको भूतपूर्व बृटिस आर्मी गुर्गाप्रसाद फोम्बोले बताउनु भयो । हङ्कङ्गमा परिवार सहित बसोबास गर्दै आउनु भएका फोम्बोले काठेपुल, खानेपानी र धर्मशाला पार्टी निर्माण गरेपछी खाम्लालुङ्गबासीलाई सुविधा भएको स्थानीय जुरे प्राविका शिक्षक जगतभार माईला सुब्बाले जानकारी दिनु भयो ।
शिक्षक सुब्बाका अनुसार फोम्बोले खाम्लालुङ्ग ३ को निवुखोलाबाट खानेपानीको संकट भोगिरहेका छिमेकी विवेक लिम्वू, सोमबहादुर लिम्वूको घर-घरमा खानेपानी पुर्‍याई दिनु भएको छ भने स्थानीय मेहेले चौतारा र सिमलडााडामा पनि खानेपानीको धारा निर्माण गरिदिनु भएको छ । फोम्बोले भैंसेखोलामा ३० फिट लामो र भङ्गखोलामा २५ फिट लामो काठेपुल निर्माण गरिदिनु भएको छ । खाम्लालुङ्ग २ र ३ लाई जोड्ने भैंसेखोला र खाम्लालुङ्ग २ र ६ लाई जोड्ने भङ्गखोलामा काठेपुल निर्माण भएपछी आवात जावतमा सहज भएको सुब्बाले बताउनु भयो । फोम्बोले काठे पुल निर्माण गरिदिनु भएपछी बाल-वालिकाहरुलाई स्थानीय सिंहवाहिनी प्रावि र दैनिक उपभोग्य बस्तु खरिदका लागि छोटी बजार जान- आउन समेत सुविधा भएको छ ।

Thursday, February 10, 2011

नेपालको नक्साजस्तै देखिने 'नेपाल पहरा' ओझेलमा


मनोज लिम्बु/ तेह्रथुम-
थोक्थुङ्ग २ को रमिते बनमा नेपालको नक्सा जस्तै देखिने ढुंगाको पहरा छ । तर कमैलाई मात्र थाहा छ उक्त पहराको बिषयमा । पहरामा पूर्व मेचीदेखी पश्चिम महाकाली सम्मकै नेपालको नक्सा देख्न सकिन्छ । प्रचार-प्रसार र उचित संरक्षणको अभावमा उक्त 'नेपाल पहरा' ओझेलमा परेको छ । सरकारले १० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ पर्यटन बर्षको सुरुवात गरे पनि पर्यटकीय संभावना बोकेको नेपाल पहरा भने ओझेलमै रहेको छ ।

पहराको प्रचार प्रसार र संरक्षण लागि सरकारी स्तरबाट त के स्थानीयहरुबाट समेत कुनै पहल र प्रयत्न गरिएको छैन । थोक्लुङ्ग २ को रमिते सामुदायिक वनको बिचमा रहेको उक्त पहरा नेपालको नक्सा जस्तै देखिने गरेकाले स्थानीय बासिन्दाले उक्त पहराको नाम 'नेपाल पहर' राखेका छन् । पहरामा पूर्व मेचीदेखी पश्चिम महाकाली सम्मकै नेपालको नक्सा देख्न सकिने सामुदायिक वन उपभोक्ता महासंघका सामाजिक- आर्थिक विकास कार्यक्रम संयोजक केशव ढुंगेलले बताए । पहरा अवलोकन गर्दा नेपालको नक्सामात्र हैन १४ वटा अंचल समेत छुट्याउन सकिने उनले बताए । 'उक्त पहरा देशकै महत्वपूर्ण पर्यटक क्षेत्र बन्न सक्छ,' उनले भने ' तर प्रचार- प्रसारका र संरक्षणको अभावमा ओझेलमा परेको छ ।' उक्त पहरा स्थानीय यामनाथ काˆलेले ७ बर्ष अघि फेला पारेका थिए । काˆलेले घर नजिकै खनेको माछा पोखरीको पानी मुनी उक्त पहराको छााया नेपालको नक्सा जस्तै देखिएपछी उक्त पहरा फेला परेको थियो । पहरा फेला परे पनि बजेट अभावमा पहराको संरक्षण र प्रचार- प्रसार गर्न नसकिएको काˆलेले बताए ।
पहरा संरक्षणका लागि गाविसले केही बजेट खर्च गरे पनि सानो बजेटले पार नलागेको थोक्लुङ्ग गाविसका पूर्व उपाध्यक्ष अविनारायण पराजुलीले बताए । ' स्थानीय स्रोतले मात्र भ्याउने देखिएन,' थोक्लुङ्ग गाविसका सचिव शान्तिबहादुर अधिकारीले भने ' त्यसैले महत्वपूर्ण पहरा संरक्षण र प्रचार- प्रसारका लागि लागि बजेट र कार्यक्रम तय गरिएन् ।' पर्यटन बर्षको अवसरमा जिल्लामा तेह्रथुम महोत्सवको गर्ने तयारी भैरहे पनि उक्त पहरा संरक्षणका लागि कसैबाट पहल नभएको सक्रान्ति स्रोतकेन्द्रका स्रोत ब्यक्ति टंक सेढाईले बताए । 'नेपाल पहराले पर्यटकिय स्थलको प्रसस्तै संभावनाका बोकेको छ,' उनले भने 'तर कसैको ध्यान त्यसतर्फ पुग्न सकेको छैन ।' नेपाल पर्यटन बर्ष सुरु भए पनि सरकारी तथा गैर-सरकारी क्षेत्रहरुबाट उक्त पहराको संरक्षण र प्रचार - प्रसार नभएपछी पहरा पत्ता लगाउने यामनाथ काˆले आफै पहरा संरक्षण गर्न जुट्ने भएका छन् । स्थानीयको सहयोगमा नेपाल पहरा संरक्षण समाज नामक संस्था स्थापना गरी पहरा संरक्षण र प्रचार- प्रचारमा लाग्ने तयारी भैरहेको काˆलेले बताए । पर्यटन प्रबर्द्धन समिति तेह्रथुमका महासचिव लक्ष्मण तिवारीले योजनाबद्ध रुपमा ओझेलमा परेका जिल्लाका पर्यटकिय स्थलहरुको संरक्षण, प्रचार- प्रचार र प्रबर्द्धन गर्दै लगिने जानकारी दिए । तस्विरः-मनोज लिम्बु

Wednesday, February 2, 2011

म्याङ्लुङ्ग- संक्रान्ति हरित सडक निर्माणमा विशेष समूह

मनोज लिम्बु-
तेह्रथुम/ ग्रामिण पहुाच कार्यक्रम -र्‍याप) २ ले म्याङ्लुङ्ग- सक्रान्ति हरित सडक समयमै पुरा गर्न बिषेश निर्माण समूह परिचालन गरेको छ । स्थानीय सडक निर्माण समूहले समयमै काम पुरा गर्न नसक्ने भएपछी जिल्ला वाहिरबाट दक्ष कामदार झिकाएर र्‍यापले निर्माण कार्यलाई तिब्रता दिएको हो । स्थानीय समूहले कडा चट्टान फोड्ने र ग्याबिङ्ग वाल लगाउने जोखिमपूर्ण काम गर्न नसकेपछी दक्ष कामदार झिकाएर विषेश निर्माण समूह परिचालन गरिएको र्‍याप २ का टिम लिडर ऋषि बाग्लेले बताए ।




म्याङलुङ-सक्रान्ति सडक खण्डमा चट्टान फोड्ने र ग्रावलिङ्ग वाल लगाउने कार्यमा विषेश निर्माण समूह । तस्विरः मनोज

स्थानीय समूहले माटो र नरम चट्टान मात्र काटेर कठिन काम छाडेकाले सडक क्षेत्र बाहिरका दक्ष कामदार झिकाएर काम लगाईएको वाग्लेले जानकारी दिए । उनका अनुसार समयमै सडक निर्माण सम्पन्न गर्न दाङ्ग, सल्यान, संखुवासभा, पााचथर र जिल्ला भित्रकै दक्ष कामदारहरु सम्मिलित २६ वटा विशेष निर्माण समूह परिचालन गरिएका छन् । स्थानीय सडक निर्माण समूहले काम गर्न नसकेको जोखिमपूर्ण २६ स्थानमा २० जनाको एक/एक वटा विषेश निर्माण समूह परिचालन गरिएको र्‍यापले जनाएको छ । ६८ किलोमिटर लामो हरित सडक निर्माणका लागि हाल ५० वटा स्थानीय सडक निर्माण समूह सक्रिय रहेको र अन्य २५ वटा समूह पनि काममा जुट्टी रहेको टिम लिडर वाग्लेले बताए । सडक निर्माणका लागि १ सय १८ वटा स्थानीय समूह परिचालन गरिएकोमा अन्य समूहले भने काम पुरा गरी सकेको र्‍यापले जनाएको छ । बेलायत सरकारको अन्तराष्ट्रिय विकास विभाग -डिएफआईडी) को सहयोगमा र्‍यापले निर्माण गरेको उक्त सडकको ९० प्रतिशत काम पुरा भैसकेको र्‍यापले जनाएको छ ।गत २०६५ साउनदेखी पुनः काम सुरु गरेको र्‍याप २ ले आगामी साउन १५ गते भित्रमा काम सम्पन्न गरिसक्नु पर्नेछ । यसै बिच म्याङलुङ सक्रान्ती सडक खण्डकको म्याङलुङ औसीबजार सम्मको २७ किलो मिटर सडक खण्डमा भने माघ १६ गते औपचारीक उद्द्याटन गरेको छ ।

Tuesday, January 25, 2011

बैसाखमा तेह्रथुम महोत्सव हुँदै



मनोज लिम्बु
तेह्रथुम ७ माघ÷
तेह्रथुममा नेपाल पर्यटन बर्ष २०११ लाई सफल बनाउन तेह्रथुम महोत्सव २०६८ आयोजना गरिने भएको छ । आगामी बैशाख १ देखी ७ गतेसम्म आयोजना हुने ुतेह्रथुम महोत्सवु जिल्लाका चार ठाउँमा हुनेछ ।

ुतेह्रथुम महोत्सवु सदरमुकाम म्याङ्लुङ्ग बसन्तपुर जिरिखिम्ति र लसुने बजार गरी ४ ठाउँमा आयोजना गर्ने सहमति भएको पर्यटन विकास तथा प्रवद्र्धन समितिका सदस्य भूपतिलाल श्रेष्ठले बताउनु भयो । श्रेष्ठका अनुसार बैशाख १ गते म्याङ्लुङ्गमा महोत्सवको उद्घाटन गरिने र ७ गते बसन्तपुर बजारमा समापन गरिने छ ।
यसैबिच महोत्सब अवधिभर आन्तरिक र बाह्य गरी जिल्लामा करिव ५० हजार पर्यटक भित्र्याउने लक्ष राखिएको महोत्सव आयोजक मूल समितिका अध्यक्ष गोविन्द ढुंगानाले बताउनु भयो । उहाँका अनुसार समितिले महोत्सवलाई सफल बनाउन महोत्सव अघि नै बसन्तपुर-म्याङ्लुङ्ग सडक कालोपत्रे गरिसक्न अनुरोध गर्ने पैदल मार्गको पहिचान तथा निर्माण गर्ने होटल ब्यवसायीहरुलाई तालिम होम स्टे संचालन लगायतका आधारभूत काम गरिसक्ने योजना तय गरिएको ढुङगानाले बताउनु भयो ।
जिल्लास्थित राजनितिक दल सकारी कार्यालय गैर-सरकारी संघ-संस्था द्धिपक्षिय परियोजना होटल ब्यवासायी उद्योग बाणिज्य संघ पर्यटन ब्यवसायी पत्रकार जातिय संघ-संस्थाहरु सहभागी भेलाले महोत्सव सम्पन्न गर्न पर्यटन विकास तथा प्रवद्र्धन समितिका अध्यक्ष गोविन्द ढुंगानाको अध्यक्षतामा ३ सय १ सदस्यिय महोत्सव मूल आयोजक समिति गठन गरेको छ । मूल आयोजक समितिमा जिल्लास्थित राजनितिक दल सरकारी कार्यालय गैर सरकारी संघ-संस्था उद्योग बाणिज्य संघ होटल ब्यवसायी पर्यटन ब्यवसायी पत्रकार नागरिक समाजका प्रमुख एवं प्रतिनिधि सदस्य रहेका छन् । यसैगरी जिल्ला बिकास समिति उद्योग बाणिज्य संघ र तेह्रथुम सरोकार समाज काठमाडांै महोत्सबको सह- आयोजकमा रहेका छन् ।

महोत्सवका लागि पदमार्ग पहिचान

पर्यटन बर्ष २०११ लाई लक्षित गरी तेह्रथुममा पद मार्ग पहिचान गरिएको छ । पर्यटन विकास तथा प्रवद्र्धन समिति तेह्रथुमले पर्यटकहरुलाई आकर्शित गर्न पर्यटटिकय क्षेत्रलाई जोडेर पद मार्ग पहिचान गरेको हो । पर्यटन बर्षलाई लक्षित गरी दर्जन बढी पद मार्गको पहिचान गरिएको पर्यटन विकास तथा प्रवद्र्धन समितिका महासचिव लक्षमण तिवारीले जानकारी दिनुभयो ।
सडक र अन्य आधारभूत भौतिक पूर्वाधार सुविधा पुगेका जिल्लाका चर्चित पर्यटकिय क्षेत्रहरुलाई समेटेर पदमार्ग निर्माण गरिएको उहाँले बताउनु भयो । समितिले पहिचान गरेको मार्गहरु बसन्तपुर- तिनजुरडाँडा- रातपोखरी- लसुने- जिरिखिम्ति हुदै म्याङ्लुङ्ग बजार बसन्तपुर-तीनजुरेडाडा- चौकी- गुफा बजार- मेन्छ्यायम डाँडा- श्रीजुङ- मोराहाङ - जिरीखिम्ती हुँदै म्याङलुङ बजार बसन्तपुर- तीनजुरेडाँडा- चौकी- गुफा बजार- मेन्छ्यायमडाँडा- सातपत्रे- ह्यात्रुङ झरना- आठराई रहेका छन् ।
यसैगरी बसन्तपुर- गुफा पोखरी- दोभानहुदै तमोर खोलामा र् याफ्टिङ शुक्रबारे- पन्चकन्या हाक्पारा हुँदै तमोर खोलामा र् याफ्टिङ र बसन्तपुर- तीनजुरेडाँडा- चौकी- गुफा बजार- मेन्छ्यायम- सातपत्रे- ह्यात्रुङ झरना हुँदै म्याङलुङ बजारसम्मको पद मार्ग पहिचान गरिएको समितिका अध्यक्ष गोविन्द ढुंगानाले जानकारी दिनुभयो । ढुंगानाका अनुसार शुक्रबारे- मार्गापोखरी- बसन्तपुर हुँदै गुफाबजार बसन्तपुर- गुफा बजार- सभापोखरी चैनपुरहुँदै टुम्लीङटार र बसन्तपुर- लसुने- जिरीखिम्ती- म्याङलुङ- मोराहाङ्ग - गुफा बजार- चौकी बजार हुदै बसन्तपुरसम्म पुग्ने पनि पद मार्ग पहिचान भएका छन् ।
समितिले पर्यटकलाई पद मार्ग भ्रमणमा लाग्ने दिन र आवश्यक खर्चको पनि अनुमान गरेको छ । ुपदमार्गको भ्रमणका लागि पर्यटकहरलाई छोटो रुटमा २ दिन र लामो रुटमा १० दिनसम्म लाग्न सक्छु महासचिव तिवारीले भन्नुभयोु पदमार्ग भ्रमणमा कम्तिमा २ हजार रुपैयाँ देखी लामो रुटमा १२ हजार रुपैयाँसम्म लाग्ने छ ।

Thursday, January 20, 2011

डेटलाइन तेह्रथुम / उस्तै छ हाल !



• किशोर नेपाल/
अलग्गै पहिचान, अलग्गै संस्कार, अलग्गै संस्कृति, अलग्गै भाषा, अलग्गै लिपि र अलग्गै साहित्य (कुनैवेला लिम्बूवान् भनेर चिनिने पर्ूवको पहाडी भूभाग विविध जाति र जनजातिका सामाजिक परिदृश्यहरूको संयोगले राष्ट्रका रूपमा नेपालको निर्माण भएको तथ्यहरूको शृङ्खला हो । धेरै पहिलेदेखि तेह्रथुम यो शृङ्खलाको केन्द्रमा थियो । जिल्ला विभाजनपछि लिम्बूवानका तेह्र वटा थुम अर्थात् इलाकाहरूको प्रशासनिक केन्द्रका रूपमा विकसित तेह्रथुमको प्रशासनिक महत्त्व कम भएपनि छैठौँ शताव्दीदेखि स्थापित यसको राजनीतिक, सामाजिक र सांस्कृतिक महत्त्वमा आँच आएको छैन । जिल्लाको एकलाख चौध हजार जनसङ्ख्यामध्ये चालीस प्रतिशत लिम्बूहरूको संस्कृतिको केन्द्रका रूपमा आठर्राई स्थापित छ भने सदरमुकामका रूपमा म्याङलुङले सम्पर्ूण्ा जिल्लालाई सन्तुलनमा राखेको छ ।

कुनै समयमा स्कूलका पाठ्यपुस्तकहरूमा समावेश थियो म्याङलुङ उत्पत्तिको किम्वदन्ती । कसरी डाँडाको चौतारीमा बास बसेका भरियाहरूले ढिँडो पकाउन बनाएको चुल्होको ढुङ्गो आगोको आँच बढ्दै जाँदा हल्लिन थाल्यो, ढुङ्गो हल्लिएको देखेर आक्रोशित भएको भोको भरियाले ढुङ्गोमा खुकुरी प्रहार गर्दा कसरी रगतको भुल्को छुटेको थियो अनि कसरी नेपथ्यबाट बिरालोको म्याउको आवाज आएको थियो र कसरी सिंहवाहिनी देवी साक्षात् भएकी थिइन् । त्यस बेलादेखि अहिलेसम्म अनेकाँै पटक म्याङलुङको रुपान्तरण भइसकेको छ । पछिल्लो पटक २२ मङ्सिर २०५९ सालको आगलागीमा परेर ८६ घर नष्ट भएपछि विस्थापित भएका २११ परिवार पुनः स्थापित भइसकेका छन् । म्याङलुङ बजार अब आधुनिक हुने तरखरमा नगरपालिका घोषित हुने प्रतीक्षामा छ ।

धेरै हिसाबले तेह्रथुम रोचक छ । यहाँको तीनजुरे, जलजले र मिल्केका पर्वत शृङ्खलामा नेपालमा पाइने ३२ मध्ये २८ प्रकारका लालीगुराँस फुल्छन् । राजनीतिक हिसाबले ९ चैत २०६१ को बिहान तेह्रथुमका जनताका लागि जिल्लाकै इतिहासमा सबभन्दा रोचक रहृयो । उनीहरूले पहिलो पटक माओवादी समूहका नेता डा.बाबुराम भट्टर्राईका पक्षमा म्याङलुङ बजारका घरहरूमा ताजा भित्तेलेखन देखेर छक्क परे । पाँच किलोमिटर परको जिरीखिम्ती बजारमा यस्तो भएको भए त्यति आर्श्चर्य लाग्ने थिएन । तर, रातभरि निषेधाज्ञा लागू भएको सदरमुकाममा माओवादी कार्यकर्ता आएर खुलेआम भित्तेलेखन गरेको यो पहिलो पटक थियो । स्थानीय पत्रकारहरूसँग अनौपचारिक कुराकानीको क्रममा सुरक्षाफौजका मेजरले भन्नुभएछ, "बिहान चार बजेतिर लेखेछन् क्यारे मोराहरूले !"

लिम्बूहरूको ज्रि्रोले जोर घुम्ती शब्द उच्चारण गर्दा चोर घुम्ती सुनिने र त्यसबाट बजारकै बेइज्जती हुने ठानेर जिरीखिम्ती भन्न थालिएको तेह्रथुमको बजार सुरक्षाका दृष्टिले निकै संवेदनशील मानिन्छ । यही १९ फागुनका दिन माओवादी खोज्दै गस्तीमा जिरीखिम्ती पुगेका सुरक्षाकर्मीहरूको व्यवहार मानवोचित नभएको उल्लेख गर्दा पक्कै पनि सुरक्षाकर्मीको मनोबल गिराएको आरोप लाग्ने छैन । बजारका ब्यापारी र निवासीहरूलाई खुला सडकमा तीन लहरमा उभ्याएर गरिएको उक्त दिनको कारबाहीले सुरक्षाकर्मीको मनोबल बढाए पनि जनताको मनोबल हदैसम्म खस्काएको छ । त्यसमा पिप्ले गाउँका वृद्ध बलबहादुर दमाईले मात्र होइन, धेरै अरू व्यवसायीले चित्त दुखाएका छन् । बजारभन्दा केहीपर हामीलाई रोकेर परिचय खोज्ने क्रममा माओवादीका स्थानीय कार्यकर्ता योक्तबहादुर लिम्बू 'मानव' ले बताए, "हामीलाई त आतङ्कवादी भन्दछन् । तर, तपाईँ पत्रकारहरू हो भने जिल्लाको कुरा राम्ररी बुझेर जानुहोला ।"

तेह्रथुम जिल्लामा हिंसाको स्थिति अन्यत्रको भन्दा फरक छैन । सदरमुकाम म्याङलुङमा हिंसाको प्रभाव त्यति सारो नदेखिए पनि जिल्लाका धेरै क्षेत्रहरू हिंसाबाट आक्रान्त छन् । खाम्लालुङ, म्याङलुङ, तम्फुला, हमरजुंग र आङदिम बाहेक अन्यत्र सबै गाउँका गाविस भवनहरू भत्काइएका छन् । खकुलेमा निर्मित तमोर नदीको पुल काटिएको छ । पछिल्लो स्थानीय निर्वाचनपछि खाम्लालुङका ४७ जना निर्वाचित जनप्रतिनिधिहरू सबै एकमुष्ट माओवादीमा समाहित भएको घटनाले तेह्रथुमको राजनीतिक संरचनामा साङ्केतिक महत्त्व राख्दछ । विगत चार वर्षो अवधिमा द्वन्द्वका कारण ६२ जना मारिएका छन् भने २०६१ को माघ महिनासम्म द्वन्द्वका ८० वटा घटना भइसकेका छन् । चन्दा आतङ्कले जनता आजित भएर वितृष्णाको स्थितिमा पुगेको थाहा पाएर माओवादीको जिल्लास्तरीय नेतृत्वले हालै कार्यकर्ताहरूलाई जनतालाई दुःख नदिने निर्देशन जारी गरेको छ । यसबाट चन्दा आतङ्क मत्थर भएको छ । तर, नेतृत्वको निर्देशनले भोका माओवादीको पेट नभरिने हुँदा उनीहरूले गाउँलेको भान्सामा सित्तैँ खान छाडेका छैनन् ।

हिंसाका कारण आन्तरिक विस्थापन तेह्रथुमको प्रमुख समस्या बन्दै गएको छ । ओख्रे गाउँ अहिले युवा जनशक्तिविहीन बनेको छ । अखिल क्रान्तिकारीको सदस्यता लिनै पर्ने अनिवार्यताका कारण भयग्रस्त युवायुवतीहरू घर छाडेर हिँड्न थालेका छन् । जिल्लाका राजनीतिक नेताहरू मारिने डरले सबै विस्थापित भइसकेका छन् । बजारका प्रतिष्ठित काङ्ग्रेसी गोविन्द ढुङ्गाना भन्नुहुन्छ, "नेपाली काङ्ग्रेसका सबै नेताहरू विस्थापित भइसक्नुभएको छ । हामी केही साथीहरू जेनतेन बसिरहेका छौँ । एमालेका साथीहरू पार्टर्ीीे पर्ुनर्संरचनामा लाग्नुभएको छ । हामी काङ्ग्रेसहरू पार्टर्ीीकता पर्खिरहेका छौँ ।"

व्यवसायीहरू पनि उत्तिकै दयनीय अवस्थामा छन् । जिल्लामा कृषि र अन्य उद्यमहरूको प्रचूर सम्भावना नभएको होइन । तेह्रथुम ढाका कपडाका लागि प्रसिद्ध भएपनि उद्योग मौलाउन सकेको छैन । लोक्ता र अलैंचीले ल्याउन लागेको सम्मृद्धिमा पनि द्वन्द्वले असर पारेको छ । सामुदायिक वनबाट जनताले फाइदा पाउन लागेकै वेला माओवादीले प्रतिशतको भागवण्डा खोजेका छन् । उद्यमीहरू प्रश्न गर्दछन्, "कसका लागि गर्ने काम हामीले ?"

लिम्बू र दलितहरूमा माओवादीको प्रभाव बढी विस्तार भएको बताइए पनि कानून व्यवसायी र शिक्षकका रूपमा परिचित भक्तराज कन्दङ्वा बाहेक नाम उल्लेख गर्न सकिने स्तरका नेता बनेका छैनन् । शिक्षा र संस्कृतिका हिसाबले निकै अगाडि बढेको आठर्राईमा हिंसाको प्रभाव तुलनात्मक रूपमा निकै बढी मानिन्छ । तर, म्याङलुङ र आठर्राईको बाटै फरक छ । आठर्राई छिर्न पाँचथरको बाटो सजिलो छ भने म्याङलुङ धनकुटाको हिलेसँग मोटर बाटोले जोडिएको छ । (हिमाल खबर पत्रिकामा प्रकाशित लेख)