मनोज लिम्बुतेह्रथुम २२ पुस ।
उर्जा राज्य मन्त्री चन्द्रिसंह भट्टराईले ट्रान्सफर्मरको क्षमता बिस्तार गरी तेह्रथुम जिल्लालाई लोडसेडिङ्ग मुक्त बनाउन पहल गर्ने बताउनु भएको छ । ग्रामिण विधुति करणको अवस्था निरिक्षण गर्न तेह्रथुम आउनु भएका मन्त्री भट्टराईले आज म्याङ्लुङ्गमा राजनितिक दलका प्रतिनिधिहरुसँग कुराकानी गर्दै जिल्लालाई लोड सेडिङ्ग मुक्त बनाउन पहल गर्ने आश्वासन दिनु भएको हो ।
राजनितिक दलका प्रतिनिधिहरुले बिधुतको क्षमता भए पनि जिरिखिम्ति विधुत सव-स्टेशनमा सानो क्षमताको ट्रान्सफर्मर राखिएकाले जिल्लाबासीले लोडसेडिङ्ग खेप्नु परेको भन्दै उर्जा राज्य मन्त्रीको ध्यानाकर्षण गराएका थिए । उहाँले ठूलो क्षमताको ट्रान्सफर्मर उपलब्ध गराउनका लागि सरकार लागी पर्ने बताउनु भयो ।
सरकार काम चलाउ मात्र भएकाले सोचे अनुसार बिकास- निर्माणको काम अघि बढाउन नसकिएको भन्दै उहाँले सरकार विहिनताको अवस्था चाँडो अन्त्य गर्नु पर्ने बताउनु भयो । जिरिखिम्ति बिधुत सवस्टेशनको पुरानो ट्रान्सफर्मर बिगि्रएपछी प्राधिकरणले १।५ मेगाभोल्ट एम्पियरको मात्र नयाँ ट्रान्सफर्मर जडान गरेपछी जिल्लाबासी डेढ बर्षदेखी दैनिक २ घण्टा लोडसेडिङ्ग खेप्दै आएका छन् ।
विद्युत क्षमता भएपनि पिक आवरमा ट्रान्सफर्मरले लोड थाम्न नसक्दा लोडसेडिङ्ग गर्नु परेको विधुत प्राधिकरणले जनाएको छ । जिल्लामा हाल वेलुका दैनिक ६ देखी २ घण्टा लोड सेडिङ्ग भैरहेको छ । हाल जिल्लामा पिक आवरमा २ हजार किलोवाटसम्म बिधुत खपत हुने र १।५ मेगाभोल्ट एम्पियरको ट्रान्सफर्मरले १२ सय किलोबाटसम्म मात्र लोड थाम्ने भएकाले लोडसेडिङ्ग गर्नु परेको प्राधिकरणको भनाई छ ।
No comments:
Post a Comment