
मनोज लिम्बु
तेह्रथुम २ माघ/बिपन्न घरधुरीलाई खुल्ला दीशा- पिसाब मुक्त बनाउने उदेश्यले तेह्रथुमका ५ गाविसमा धमाधम पक्की शौचालय निर्माण भैरहेका छन् । जिल्लाको आम्वुङ्ग, मोराहाङ्ग, श्रीजुङ्ग, पौंठाक र ओयाक्जुङ्ग गाविसमा धमाधम पक्की शौंचालय निर्माण अभियान संचालन भएका हुन् । एक्सनएड नेपालको सहयोग तथा देउराली सोसाईटी तेह्रथुमले बिपन्न घरधुरीलाई खुल्ला दीशामुक्त बनाउन शौचालय निर्माण अभियान संचालन गरेको हो ।
अहिले पााच गाविसका ३० विपन्न घरधुरीम र दुई विद्यालयमा शौचालय निर्माण धमाधम भैरहेका छन् । विपन्न परिवारलाई खल्ला दीशा मुक्त बनाउने उदेश्यले ५ वटै गाविसमा बिपन्न घरधुरी छनौट गरी शौचालय निर्माण अभियान संचालन गरिएको देउराली सोसाईटीका कार्यक्रम संयोजक नरवहादुर आङ्बुङ्गले जानकारी दिनुभयो । अधिकारमुखी बिकासको अवधारणाको माध्यमद्धारा सामाजिक रुपान्तरण कार्यक्रम अन्र्तगत गठन भएका समूहका बिपन्न परिवारलाई शौचालय निर्माणमा सहयोग गरिएको देउराली सोसाईटीले जनाएको छ । शौचालय निर्माणका लागि सोसाईटीले नगद र निर्माण सामाग्री समेत प्रदान गरेको छ । शौचालय निर्माणका लागि सिमेन्ट, रड, पेन सेट, जस्तापाता, पाईप गरी प्रति घर सााढे ८ हजार रुपैयाा बराबरको सहयोग प्रदान गरिएको संयोजक आङ्बुङ्गले बताउनु भयो । सोसाईटीको सहयोगमा शौचालय अभाव भएका मोराहाङ्गको ललितचन्द्रा प्रावि र ओयाक्जुङ्गको पाथीभरा प्राविमा पनि शौचालय निर्माण भैरहेको छ । विद्यालयमा दुई कोठे पक्कि शौचालय निर्माणका लागि साढे ५८ हजार रुपैयााका दरले सहयोग गरिएको आङ्बुङ्गले बताउनु भयो । शौचालय निर्माणका लागि देउरालीले सहयोग गरेपछी बिपन्न परिवारहरु पनि शौचालय निर्माण अभियानमा जुटेका छन् । उनीहरुले शौचालय निर्माणका लागि खाल्डो खन्नेदेखी ढुंगा, गिटी र बालुवा आफै जुटाएका छन् । सोसाईटीले बिपन्न परिवारलाई खुल्ला दीशामुक्त बनाउने उदेश्यले शौचालय निर्माण अभियान चलाएपछी छर-छिमेकीहरुले पनि शौचालय निर्माण गर्न थालेका छन् । बिपन्न परिवारलाई शौचालय निर्माणमा देउरालीले सहयोग गरेपछी अन्य छर-छिमेकीहरुले पनि शौचालय निर्माण गर्न थालेको सृजनशिल समूह मोराहाङ्गका उपाध्यक्ष कल्पना दर्नालले बताउनु भयो । उहााका अनुसार गाउामा शौचालय निर्माण अभियान संचालन भएपछी स्थानीय युवाहरुले रोजगारी समेत पाएका छन् ।
No comments:
Post a Comment