
मनोज लिम्बु
तेह्रथुम ७ माघ÷
तेह्रथुममा नेपाल पर्यटन बर्ष २०११ लाई सफल बनाउन तेह्रथुम महोत्सव २०६८ आयोजना गरिने भएको छ । आगामी बैशाख १ देखी ७ गतेसम्म आयोजना हुने ुतेह्रथुम महोत्सवु जिल्लाका चार ठाउँमा हुनेछ ।
ुतेह्रथुम महोत्सवु सदरमुकाम म्याङ्लुङ्ग बसन्तपुर जिरिखिम्ति र लसुने बजार गरी ४ ठाउँमा आयोजना गर्ने सहमति भएको पर्यटन विकास तथा प्रवद्र्धन समितिका सदस्य भूपतिलाल श्रेष्ठले बताउनु भयो । श्रेष्ठका अनुसार बैशाख १ गते म्याङ्लुङ्गमा महोत्सवको उद्घाटन गरिने र ७ गते बसन्तपुर बजारमा समापन गरिने छ ।
यसैबिच महोत्सब अवधिभर आन्तरिक र बाह्य गरी जिल्लामा करिव ५० हजार पर्यटक भित्र्याउने लक्ष राखिएको महोत्सव आयोजक मूल समितिका अध्यक्ष गोविन्द ढुंगानाले बताउनु भयो । उहाँका अनुसार समितिले महोत्सवलाई सफल बनाउन महोत्सव अघि नै बसन्तपुर-म्याङ्लुङ्ग सडक कालोपत्रे गरिसक्न अनुरोध गर्ने पैदल मार्गको पहिचान तथा निर्माण गर्ने होटल ब्यवसायीहरुलाई तालिम होम स्टे संचालन लगायतका आधारभूत काम गरिसक्ने योजना तय गरिएको ढुङगानाले बताउनु भयो ।
जिल्लास्थित राजनितिक दल सकारी कार्यालय गैर-सरकारी संघ-संस्था द्धिपक्षिय परियोजना होटल ब्यवासायी उद्योग बाणिज्य संघ पर्यटन ब्यवसायी पत्रकार जातिय संघ-संस्थाहरु सहभागी भेलाले महोत्सव सम्पन्न गर्न पर्यटन विकास तथा प्रवद्र्धन समितिका अध्यक्ष गोविन्द ढुंगानाको अध्यक्षतामा ३ सय १ सदस्यिय महोत्सव मूल आयोजक समिति गठन गरेको छ । मूल आयोजक समितिमा जिल्लास्थित राजनितिक दल सरकारी कार्यालय गैर सरकारी संघ-संस्था उद्योग बाणिज्य संघ होटल ब्यवसायी पर्यटन ब्यवसायी पत्रकार नागरिक समाजका प्रमुख एवं प्रतिनिधि सदस्य रहेका छन् । यसैगरी जिल्ला बिकास समिति उद्योग बाणिज्य संघ र तेह्रथुम सरोकार समाज काठमाडांै महोत्सबको सह- आयोजकमा रहेका छन् ।
महोत्सवका लागि पदमार्ग पहिचान
पर्यटन बर्ष २०११ लाई लक्षित गरी तेह्रथुममा पद मार्ग पहिचान गरिएको छ । पर्यटन विकास तथा प्रवद्र्धन समिति तेह्रथुमले पर्यटकहरुलाई आकर्शित गर्न पर्यटटिकय क्षेत्रलाई जोडेर पद मार्ग पहिचान गरेको हो । पर्यटन बर्षलाई लक्षित गरी दर्जन बढी पद मार्गको पहिचान गरिएको पर्यटन विकास तथा प्रवद्र्धन समितिका महासचिव लक्षमण तिवारीले जानकारी दिनुभयो ।
सडक र अन्य आधारभूत भौतिक पूर्वाधार सुविधा पुगेका जिल्लाका चर्चित पर्यटकिय क्षेत्रहरुलाई समेटेर पदमार्ग निर्माण गरिएको उहाँले बताउनु भयो । समितिले पहिचान गरेको मार्गहरु बसन्तपुर- तिनजुरडाँडा- रातपोखरी- लसुने- जिरिखिम्ति हुदै म्याङ्लुङ्ग बजार बसन्तपुर-तीनजुरेडाडा- चौकी- गुफा बजार- मेन्छ्यायम डाँडा- श्रीजुङ- मोराहाङ - जिरीखिम्ती हुँदै म्याङलुङ बजार बसन्तपुर- तीनजुरेडाँडा- चौकी- गुफा बजार- मेन्छ्यायमडाँडा- सातपत्रे- ह्यात्रुङ झरना- आठराई रहेका छन् ।
यसैगरी बसन्तपुर- गुफा पोखरी- दोभानहुदै तमोर खोलामा र् याफ्टिङ शुक्रबारे- पन्चकन्या हाक्पारा हुँदै तमोर खोलामा र् याफ्टिङ र बसन्तपुर- तीनजुरेडाँडा- चौकी- गुफा बजार- मेन्छ्यायम- सातपत्रे- ह्यात्रुङ झरना हुँदै म्याङलुङ बजारसम्मको पद मार्ग पहिचान गरिएको समितिका अध्यक्ष गोविन्द ढुंगानाले जानकारी दिनुभयो । ढुंगानाका अनुसार शुक्रबारे- मार्गापोखरी- बसन्तपुर हुँदै गुफाबजार बसन्तपुर- गुफा बजार- सभापोखरी चैनपुरहुँदै टुम्लीङटार र बसन्तपुर- लसुने- जिरीखिम्ती- म्याङलुङ- मोराहाङ्ग - गुफा बजार- चौकी बजार हुदै बसन्तपुरसम्म पुग्ने पनि पद मार्ग पहिचान भएका छन् ।
समितिले पर्यटकलाई पद मार्ग भ्रमणमा लाग्ने दिन र आवश्यक खर्चको पनि अनुमान गरेको छ । ुपदमार्गको भ्रमणका लागि पर्यटकहरलाई छोटो रुटमा २ दिन र लामो रुटमा १० दिनसम्म लाग्न सक्छु महासचिव तिवारीले भन्नुभयोु पदमार्ग भ्रमणमा कम्तिमा २ हजार रुपैयाँ देखी लामो रुटमा १२ हजार रुपैयाँसम्म लाग्ने छ ।
No comments:
Post a Comment