Once is not enough to visit Tehrathum


Wednesday, February 2, 2011

म्याङ्लुङ्ग- संक्रान्ति हरित सडक निर्माणमा विशेष समूह

मनोज लिम्बु-
तेह्रथुम/ ग्रामिण पहुाच कार्यक्रम -र्‍याप) २ ले म्याङ्लुङ्ग- सक्रान्ति हरित सडक समयमै पुरा गर्न बिषेश निर्माण समूह परिचालन गरेको छ । स्थानीय सडक निर्माण समूहले समयमै काम पुरा गर्न नसक्ने भएपछी जिल्ला वाहिरबाट दक्ष कामदार झिकाएर र्‍यापले निर्माण कार्यलाई तिब्रता दिएको हो । स्थानीय समूहले कडा चट्टान फोड्ने र ग्याबिङ्ग वाल लगाउने जोखिमपूर्ण काम गर्न नसकेपछी दक्ष कामदार झिकाएर विषेश निर्माण समूह परिचालन गरिएको र्‍याप २ का टिम लिडर ऋषि बाग्लेले बताए ।




म्याङलुङ-सक्रान्ति सडक खण्डमा चट्टान फोड्ने र ग्रावलिङ्ग वाल लगाउने कार्यमा विषेश निर्माण समूह । तस्विरः मनोज

स्थानीय समूहले माटो र नरम चट्टान मात्र काटेर कठिन काम छाडेकाले सडक क्षेत्र बाहिरका दक्ष कामदार झिकाएर काम लगाईएको वाग्लेले जानकारी दिए । उनका अनुसार समयमै सडक निर्माण सम्पन्न गर्न दाङ्ग, सल्यान, संखुवासभा, पााचथर र जिल्ला भित्रकै दक्ष कामदारहरु सम्मिलित २६ वटा विशेष निर्माण समूह परिचालन गरिएका छन् । स्थानीय सडक निर्माण समूहले काम गर्न नसकेको जोखिमपूर्ण २६ स्थानमा २० जनाको एक/एक वटा विषेश निर्माण समूह परिचालन गरिएको र्‍यापले जनाएको छ । ६८ किलोमिटर लामो हरित सडक निर्माणका लागि हाल ५० वटा स्थानीय सडक निर्माण समूह सक्रिय रहेको र अन्य २५ वटा समूह पनि काममा जुट्टी रहेको टिम लिडर वाग्लेले बताए । सडक निर्माणका लागि १ सय १८ वटा स्थानीय समूह परिचालन गरिएकोमा अन्य समूहले भने काम पुरा गरी सकेको र्‍यापले जनाएको छ । बेलायत सरकारको अन्तराष्ट्रिय विकास विभाग -डिएफआईडी) को सहयोगमा र्‍यापले निर्माण गरेको उक्त सडकको ९० प्रतिशत काम पुरा भैसकेको र्‍यापले जनाएको छ ।गत २०६५ साउनदेखी पुनः काम सुरु गरेको र्‍याप २ ले आगामी साउन १५ गते भित्रमा काम सम्पन्न गरिसक्नु पर्नेछ । यसै बिच म्याङलुङ सक्रान्ती सडक खण्डकको म्याङलुङ औसीबजार सम्मको २७ किलो मिटर सडक खण्डमा भने माघ १६ गते औपचारीक उद्द्याटन गरेको छ ।

No comments:

Post a Comment