Once is not enough to visit Tehrathum


Thursday, February 10, 2011

नेपालको नक्साजस्तै देखिने 'नेपाल पहरा' ओझेलमा


मनोज लिम्बु/ तेह्रथुम-
थोक्थुङ्ग २ को रमिते बनमा नेपालको नक्सा जस्तै देखिने ढुंगाको पहरा छ । तर कमैलाई मात्र थाहा छ उक्त पहराको बिषयमा । पहरामा पूर्व मेचीदेखी पश्चिम महाकाली सम्मकै नेपालको नक्सा देख्न सकिन्छ । प्रचार-प्रसार र उचित संरक्षणको अभावमा उक्त 'नेपाल पहरा' ओझेलमा परेको छ । सरकारले १० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ पर्यटन बर्षको सुरुवात गरे पनि पर्यटकीय संभावना बोकेको नेपाल पहरा भने ओझेलमै रहेको छ ।

पहराको प्रचार प्रसार र संरक्षण लागि सरकारी स्तरबाट त के स्थानीयहरुबाट समेत कुनै पहल र प्रयत्न गरिएको छैन । थोक्लुङ्ग २ को रमिते सामुदायिक वनको बिचमा रहेको उक्त पहरा नेपालको नक्सा जस्तै देखिने गरेकाले स्थानीय बासिन्दाले उक्त पहराको नाम 'नेपाल पहर' राखेका छन् । पहरामा पूर्व मेचीदेखी पश्चिम महाकाली सम्मकै नेपालको नक्सा देख्न सकिने सामुदायिक वन उपभोक्ता महासंघका सामाजिक- आर्थिक विकास कार्यक्रम संयोजक केशव ढुंगेलले बताए । पहरा अवलोकन गर्दा नेपालको नक्सामात्र हैन १४ वटा अंचल समेत छुट्याउन सकिने उनले बताए । 'उक्त पहरा देशकै महत्वपूर्ण पर्यटक क्षेत्र बन्न सक्छ,' उनले भने ' तर प्रचार- प्रसारका र संरक्षणको अभावमा ओझेलमा परेको छ ।' उक्त पहरा स्थानीय यामनाथ काˆलेले ७ बर्ष अघि फेला पारेका थिए । काˆलेले घर नजिकै खनेको माछा पोखरीको पानी मुनी उक्त पहराको छााया नेपालको नक्सा जस्तै देखिएपछी उक्त पहरा फेला परेको थियो । पहरा फेला परे पनि बजेट अभावमा पहराको संरक्षण र प्रचार- प्रसार गर्न नसकिएको काˆलेले बताए ।
पहरा संरक्षणका लागि गाविसले केही बजेट खर्च गरे पनि सानो बजेटले पार नलागेको थोक्लुङ्ग गाविसका पूर्व उपाध्यक्ष अविनारायण पराजुलीले बताए । ' स्थानीय स्रोतले मात्र भ्याउने देखिएन,' थोक्लुङ्ग गाविसका सचिव शान्तिबहादुर अधिकारीले भने ' त्यसैले महत्वपूर्ण पहरा संरक्षण र प्रचार- प्रसारका लागि लागि बजेट र कार्यक्रम तय गरिएन् ।' पर्यटन बर्षको अवसरमा जिल्लामा तेह्रथुम महोत्सवको गर्ने तयारी भैरहे पनि उक्त पहरा संरक्षणका लागि कसैबाट पहल नभएको सक्रान्ति स्रोतकेन्द्रका स्रोत ब्यक्ति टंक सेढाईले बताए । 'नेपाल पहराले पर्यटकिय स्थलको प्रसस्तै संभावनाका बोकेको छ,' उनले भने 'तर कसैको ध्यान त्यसतर्फ पुग्न सकेको छैन ।' नेपाल पर्यटन बर्ष सुरु भए पनि सरकारी तथा गैर-सरकारी क्षेत्रहरुबाट उक्त पहराको संरक्षण र प्रचार - प्रसार नभएपछी पहरा पत्ता लगाउने यामनाथ काˆले आफै पहरा संरक्षण गर्न जुट्ने भएका छन् । स्थानीयको सहयोगमा नेपाल पहरा संरक्षण समाज नामक संस्था स्थापना गरी पहरा संरक्षण र प्रचार- प्रचारमा लाग्ने तयारी भैरहेको काˆलेले बताए । पर्यटन प्रबर्द्धन समिति तेह्रथुमका महासचिव लक्ष्मण तिवारीले योजनाबद्ध रुपमा ओझेलमा परेका जिल्लाका पर्यटकिय स्थलहरुको संरक्षण, प्रचार- प्रचार र प्रबर्द्धन गर्दै लगिने जानकारी दिए । तस्विरः-मनोज लिम्बु

No comments:

Post a Comment