Once is not enough to visit Tehrathum


Tuesday, February 22, 2011

गाउँको माया त यस्तो पो हुनुपर्छ

मनोज लिम्बु-
तेह्रथुम /गाउँको सम्झनामा भूतपूर्व बृटिस आर्मी खाम्लालुङ्ग २ का दुर्गाप्रसाद फोम्बोले गाउामा काठेपुल, खानेपानी र धर्मशाला पाटी निर्माण गरिदिनु भएको छ । फोम्बोले स्थानीय भैंसेखोला र भङ्गखोलामा काठेपुल निर्माण गरिदिनु भएको हो ।
उहााले छिमेकीको घरमा समेत खानेपानीको धारा निर्माण गरिदिनु भएको छ । खाम्लालुङ्ग २ स्थित फोम्बो आवाजङ्गहरुको माङ्गेना यकमा फोम्बोलेे धर्मशाला पाटी निर्माण गरिदिनु भएको छ । समाज सेवा र गाउाको विकास गर्ने उदेश्यले करिव ७ लाख रुपैयाा लागतमा गाउामा खानेपानी, काठेपुल र धर्मशाला पाटी निर्माण गरेको भूतपूर्व बृटिस आर्मी गुर्गाप्रसाद फोम्बोले बताउनु भयो । हङ्कङ्गमा परिवार सहित बसोबास गर्दै आउनु भएका फोम्बोले काठेपुल, खानेपानी र धर्मशाला पार्टी निर्माण गरेपछी खाम्लालुङ्गबासीलाई सुविधा भएको स्थानीय जुरे प्राविका शिक्षक जगतभार माईला सुब्बाले जानकारी दिनु भयो ।
शिक्षक सुब्बाका अनुसार फोम्बोले खाम्लालुङ्ग ३ को निवुखोलाबाट खानेपानीको संकट भोगिरहेका छिमेकी विवेक लिम्वू, सोमबहादुर लिम्वूको घर-घरमा खानेपानी पुर्‍याई दिनु भएको छ भने स्थानीय मेहेले चौतारा र सिमलडााडामा पनि खानेपानीको धारा निर्माण गरिदिनु भएको छ । फोम्बोले भैंसेखोलामा ३० फिट लामो र भङ्गखोलामा २५ फिट लामो काठेपुल निर्माण गरिदिनु भएको छ । खाम्लालुङ्ग २ र ३ लाई जोड्ने भैंसेखोला र खाम्लालुङ्ग २ र ६ लाई जोड्ने भङ्गखोलामा काठेपुल निर्माण भएपछी आवात जावतमा सहज भएको सुब्बाले बताउनु भयो । फोम्बोले काठे पुल निर्माण गरिदिनु भएपछी बाल-वालिकाहरुलाई स्थानीय सिंहवाहिनी प्रावि र दैनिक उपभोग्य बस्तु खरिदका लागि छोटी बजार जान- आउन समेत सुविधा भएको छ ।

Thursday, February 10, 2011

नेपालको नक्साजस्तै देखिने 'नेपाल पहरा' ओझेलमा


मनोज लिम्बु/ तेह्रथुम-
थोक्थुङ्ग २ को रमिते बनमा नेपालको नक्सा जस्तै देखिने ढुंगाको पहरा छ । तर कमैलाई मात्र थाहा छ उक्त पहराको बिषयमा । पहरामा पूर्व मेचीदेखी पश्चिम महाकाली सम्मकै नेपालको नक्सा देख्न सकिन्छ । प्रचार-प्रसार र उचित संरक्षणको अभावमा उक्त 'नेपाल पहरा' ओझेलमा परेको छ । सरकारले १० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ पर्यटन बर्षको सुरुवात गरे पनि पर्यटकीय संभावना बोकेको नेपाल पहरा भने ओझेलमै रहेको छ ।

पहराको प्रचार प्रसार र संरक्षण लागि सरकारी स्तरबाट त के स्थानीयहरुबाट समेत कुनै पहल र प्रयत्न गरिएको छैन । थोक्लुङ्ग २ को रमिते सामुदायिक वनको बिचमा रहेको उक्त पहरा नेपालको नक्सा जस्तै देखिने गरेकाले स्थानीय बासिन्दाले उक्त पहराको नाम 'नेपाल पहर' राखेका छन् । पहरामा पूर्व मेचीदेखी पश्चिम महाकाली सम्मकै नेपालको नक्सा देख्न सकिने सामुदायिक वन उपभोक्ता महासंघका सामाजिक- आर्थिक विकास कार्यक्रम संयोजक केशव ढुंगेलले बताए । पहरा अवलोकन गर्दा नेपालको नक्सामात्र हैन १४ वटा अंचल समेत छुट्याउन सकिने उनले बताए । 'उक्त पहरा देशकै महत्वपूर्ण पर्यटक क्षेत्र बन्न सक्छ,' उनले भने ' तर प्रचार- प्रसारका र संरक्षणको अभावमा ओझेलमा परेको छ ।' उक्त पहरा स्थानीय यामनाथ काˆलेले ७ बर्ष अघि फेला पारेका थिए । काˆलेले घर नजिकै खनेको माछा पोखरीको पानी मुनी उक्त पहराको छााया नेपालको नक्सा जस्तै देखिएपछी उक्त पहरा फेला परेको थियो । पहरा फेला परे पनि बजेट अभावमा पहराको संरक्षण र प्रचार- प्रसार गर्न नसकिएको काˆलेले बताए ।
पहरा संरक्षणका लागि गाविसले केही बजेट खर्च गरे पनि सानो बजेटले पार नलागेको थोक्लुङ्ग गाविसका पूर्व उपाध्यक्ष अविनारायण पराजुलीले बताए । ' स्थानीय स्रोतले मात्र भ्याउने देखिएन,' थोक्लुङ्ग गाविसका सचिव शान्तिबहादुर अधिकारीले भने ' त्यसैले महत्वपूर्ण पहरा संरक्षण र प्रचार- प्रसारका लागि लागि बजेट र कार्यक्रम तय गरिएन् ।' पर्यटन बर्षको अवसरमा जिल्लामा तेह्रथुम महोत्सवको गर्ने तयारी भैरहे पनि उक्त पहरा संरक्षणका लागि कसैबाट पहल नभएको सक्रान्ति स्रोतकेन्द्रका स्रोत ब्यक्ति टंक सेढाईले बताए । 'नेपाल पहराले पर्यटकिय स्थलको प्रसस्तै संभावनाका बोकेको छ,' उनले भने 'तर कसैको ध्यान त्यसतर्फ पुग्न सकेको छैन ।' नेपाल पर्यटन बर्ष सुरु भए पनि सरकारी तथा गैर-सरकारी क्षेत्रहरुबाट उक्त पहराको संरक्षण र प्रचार - प्रसार नभएपछी पहरा पत्ता लगाउने यामनाथ काˆले आफै पहरा संरक्षण गर्न जुट्ने भएका छन् । स्थानीयको सहयोगमा नेपाल पहरा संरक्षण समाज नामक संस्था स्थापना गरी पहरा संरक्षण र प्रचार- प्रचारमा लाग्ने तयारी भैरहेको काˆलेले बताए । पर्यटन प्रबर्द्धन समिति तेह्रथुमका महासचिव लक्ष्मण तिवारीले योजनाबद्ध रुपमा ओझेलमा परेका जिल्लाका पर्यटकिय स्थलहरुको संरक्षण, प्रचार- प्रचार र प्रबर्द्धन गर्दै लगिने जानकारी दिए । तस्विरः-मनोज लिम्बु

Wednesday, February 2, 2011

म्याङ्लुङ्ग- संक्रान्ति हरित सडक निर्माणमा विशेष समूह

मनोज लिम्बु-
तेह्रथुम/ ग्रामिण पहुाच कार्यक्रम -र्‍याप) २ ले म्याङ्लुङ्ग- सक्रान्ति हरित सडक समयमै पुरा गर्न बिषेश निर्माण समूह परिचालन गरेको छ । स्थानीय सडक निर्माण समूहले समयमै काम पुरा गर्न नसक्ने भएपछी जिल्ला वाहिरबाट दक्ष कामदार झिकाएर र्‍यापले निर्माण कार्यलाई तिब्रता दिएको हो । स्थानीय समूहले कडा चट्टान फोड्ने र ग्याबिङ्ग वाल लगाउने जोखिमपूर्ण काम गर्न नसकेपछी दक्ष कामदार झिकाएर विषेश निर्माण समूह परिचालन गरिएको र्‍याप २ का टिम लिडर ऋषि बाग्लेले बताए ।




म्याङलुङ-सक्रान्ति सडक खण्डमा चट्टान फोड्ने र ग्रावलिङ्ग वाल लगाउने कार्यमा विषेश निर्माण समूह । तस्विरः मनोज

स्थानीय समूहले माटो र नरम चट्टान मात्र काटेर कठिन काम छाडेकाले सडक क्षेत्र बाहिरका दक्ष कामदार झिकाएर काम लगाईएको वाग्लेले जानकारी दिए । उनका अनुसार समयमै सडक निर्माण सम्पन्न गर्न दाङ्ग, सल्यान, संखुवासभा, पााचथर र जिल्ला भित्रकै दक्ष कामदारहरु सम्मिलित २६ वटा विशेष निर्माण समूह परिचालन गरिएका छन् । स्थानीय सडक निर्माण समूहले काम गर्न नसकेको जोखिमपूर्ण २६ स्थानमा २० जनाको एक/एक वटा विषेश निर्माण समूह परिचालन गरिएको र्‍यापले जनाएको छ । ६८ किलोमिटर लामो हरित सडक निर्माणका लागि हाल ५० वटा स्थानीय सडक निर्माण समूह सक्रिय रहेको र अन्य २५ वटा समूह पनि काममा जुट्टी रहेको टिम लिडर वाग्लेले बताए । सडक निर्माणका लागि १ सय १८ वटा स्थानीय समूह परिचालन गरिएकोमा अन्य समूहले भने काम पुरा गरी सकेको र्‍यापले जनाएको छ । बेलायत सरकारको अन्तराष्ट्रिय विकास विभाग -डिएफआईडी) को सहयोगमा र्‍यापले निर्माण गरेको उक्त सडकको ९० प्रतिशत काम पुरा भैसकेको र्‍यापले जनाएको छ ।गत २०६५ साउनदेखी पुनः काम सुरु गरेको र्‍याप २ ले आगामी साउन १५ गते भित्रमा काम सम्पन्न गरिसक्नु पर्नेछ । यसै बिच म्याङलुङ सक्रान्ती सडक खण्डकको म्याङलुङ औसीबजार सम्मको २७ किलो मिटर सडक खण्डमा भने माघ १६ गते औपचारीक उद्द्याटन गरेको छ ।