Once is not enough to visit Tehrathum


Tuesday, January 25, 2011

बैसाखमा तेह्रथुम महोत्सव हुँदै



मनोज लिम्बु
तेह्रथुम ७ माघ÷
तेह्रथुममा नेपाल पर्यटन बर्ष २०११ लाई सफल बनाउन तेह्रथुम महोत्सव २०६८ आयोजना गरिने भएको छ । आगामी बैशाख १ देखी ७ गतेसम्म आयोजना हुने ुतेह्रथुम महोत्सवु जिल्लाका चार ठाउँमा हुनेछ ।

ुतेह्रथुम महोत्सवु सदरमुकाम म्याङ्लुङ्ग बसन्तपुर जिरिखिम्ति र लसुने बजार गरी ४ ठाउँमा आयोजना गर्ने सहमति भएको पर्यटन विकास तथा प्रवद्र्धन समितिका सदस्य भूपतिलाल श्रेष्ठले बताउनु भयो । श्रेष्ठका अनुसार बैशाख १ गते म्याङ्लुङ्गमा महोत्सवको उद्घाटन गरिने र ७ गते बसन्तपुर बजारमा समापन गरिने छ ।
यसैबिच महोत्सब अवधिभर आन्तरिक र बाह्य गरी जिल्लामा करिव ५० हजार पर्यटक भित्र्याउने लक्ष राखिएको महोत्सव आयोजक मूल समितिका अध्यक्ष गोविन्द ढुंगानाले बताउनु भयो । उहाँका अनुसार समितिले महोत्सवलाई सफल बनाउन महोत्सव अघि नै बसन्तपुर-म्याङ्लुङ्ग सडक कालोपत्रे गरिसक्न अनुरोध गर्ने पैदल मार्गको पहिचान तथा निर्माण गर्ने होटल ब्यवसायीहरुलाई तालिम होम स्टे संचालन लगायतका आधारभूत काम गरिसक्ने योजना तय गरिएको ढुङगानाले बताउनु भयो ।
जिल्लास्थित राजनितिक दल सकारी कार्यालय गैर-सरकारी संघ-संस्था द्धिपक्षिय परियोजना होटल ब्यवासायी उद्योग बाणिज्य संघ पर्यटन ब्यवसायी पत्रकार जातिय संघ-संस्थाहरु सहभागी भेलाले महोत्सव सम्पन्न गर्न पर्यटन विकास तथा प्रवद्र्धन समितिका अध्यक्ष गोविन्द ढुंगानाको अध्यक्षतामा ३ सय १ सदस्यिय महोत्सव मूल आयोजक समिति गठन गरेको छ । मूल आयोजक समितिमा जिल्लास्थित राजनितिक दल सरकारी कार्यालय गैर सरकारी संघ-संस्था उद्योग बाणिज्य संघ होटल ब्यवसायी पर्यटन ब्यवसायी पत्रकार नागरिक समाजका प्रमुख एवं प्रतिनिधि सदस्य रहेका छन् । यसैगरी जिल्ला बिकास समिति उद्योग बाणिज्य संघ र तेह्रथुम सरोकार समाज काठमाडांै महोत्सबको सह- आयोजकमा रहेका छन् ।

महोत्सवका लागि पदमार्ग पहिचान

पर्यटन बर्ष २०११ लाई लक्षित गरी तेह्रथुममा पद मार्ग पहिचान गरिएको छ । पर्यटन विकास तथा प्रवद्र्धन समिति तेह्रथुमले पर्यटकहरुलाई आकर्शित गर्न पर्यटटिकय क्षेत्रलाई जोडेर पद मार्ग पहिचान गरेको हो । पर्यटन बर्षलाई लक्षित गरी दर्जन बढी पद मार्गको पहिचान गरिएको पर्यटन विकास तथा प्रवद्र्धन समितिका महासचिव लक्षमण तिवारीले जानकारी दिनुभयो ।
सडक र अन्य आधारभूत भौतिक पूर्वाधार सुविधा पुगेका जिल्लाका चर्चित पर्यटकिय क्षेत्रहरुलाई समेटेर पदमार्ग निर्माण गरिएको उहाँले बताउनु भयो । समितिले पहिचान गरेको मार्गहरु बसन्तपुर- तिनजुरडाँडा- रातपोखरी- लसुने- जिरिखिम्ति हुदै म्याङ्लुङ्ग बजार बसन्तपुर-तीनजुरेडाडा- चौकी- गुफा बजार- मेन्छ्यायम डाँडा- श्रीजुङ- मोराहाङ - जिरीखिम्ती हुँदै म्याङलुङ बजार बसन्तपुर- तीनजुरेडाँडा- चौकी- गुफा बजार- मेन्छ्यायमडाँडा- सातपत्रे- ह्यात्रुङ झरना- आठराई रहेका छन् ।
यसैगरी बसन्तपुर- गुफा पोखरी- दोभानहुदै तमोर खोलामा र् याफ्टिङ शुक्रबारे- पन्चकन्या हाक्पारा हुँदै तमोर खोलामा र् याफ्टिङ र बसन्तपुर- तीनजुरेडाँडा- चौकी- गुफा बजार- मेन्छ्यायम- सातपत्रे- ह्यात्रुङ झरना हुँदै म्याङलुङ बजारसम्मको पद मार्ग पहिचान गरिएको समितिका अध्यक्ष गोविन्द ढुंगानाले जानकारी दिनुभयो । ढुंगानाका अनुसार शुक्रबारे- मार्गापोखरी- बसन्तपुर हुँदै गुफाबजार बसन्तपुर- गुफा बजार- सभापोखरी चैनपुरहुँदै टुम्लीङटार र बसन्तपुर- लसुने- जिरीखिम्ती- म्याङलुङ- मोराहाङ्ग - गुफा बजार- चौकी बजार हुदै बसन्तपुरसम्म पुग्ने पनि पद मार्ग पहिचान भएका छन् ।
समितिले पर्यटकलाई पद मार्ग भ्रमणमा लाग्ने दिन र आवश्यक खर्चको पनि अनुमान गरेको छ । ुपदमार्गको भ्रमणका लागि पर्यटकहरलाई छोटो रुटमा २ दिन र लामो रुटमा १० दिनसम्म लाग्न सक्छु महासचिव तिवारीले भन्नुभयोु पदमार्ग भ्रमणमा कम्तिमा २ हजार रुपैयाँ देखी लामो रुटमा १२ हजार रुपैयाँसम्म लाग्ने छ ।

Thursday, January 20, 2011

डेटलाइन तेह्रथुम / उस्तै छ हाल !



• किशोर नेपाल/
अलग्गै पहिचान, अलग्गै संस्कार, अलग्गै संस्कृति, अलग्गै भाषा, अलग्गै लिपि र अलग्गै साहित्य (कुनैवेला लिम्बूवान् भनेर चिनिने पर्ूवको पहाडी भूभाग विविध जाति र जनजातिका सामाजिक परिदृश्यहरूको संयोगले राष्ट्रका रूपमा नेपालको निर्माण भएको तथ्यहरूको शृङ्खला हो । धेरै पहिलेदेखि तेह्रथुम यो शृङ्खलाको केन्द्रमा थियो । जिल्ला विभाजनपछि लिम्बूवानका तेह्र वटा थुम अर्थात् इलाकाहरूको प्रशासनिक केन्द्रका रूपमा विकसित तेह्रथुमको प्रशासनिक महत्त्व कम भएपनि छैठौँ शताव्दीदेखि स्थापित यसको राजनीतिक, सामाजिक र सांस्कृतिक महत्त्वमा आँच आएको छैन । जिल्लाको एकलाख चौध हजार जनसङ्ख्यामध्ये चालीस प्रतिशत लिम्बूहरूको संस्कृतिको केन्द्रका रूपमा आठर्राई स्थापित छ भने सदरमुकामका रूपमा म्याङलुङले सम्पर्ूण्ा जिल्लालाई सन्तुलनमा राखेको छ ।

कुनै समयमा स्कूलका पाठ्यपुस्तकहरूमा समावेश थियो म्याङलुङ उत्पत्तिको किम्वदन्ती । कसरी डाँडाको चौतारीमा बास बसेका भरियाहरूले ढिँडो पकाउन बनाएको चुल्होको ढुङ्गो आगोको आँच बढ्दै जाँदा हल्लिन थाल्यो, ढुङ्गो हल्लिएको देखेर आक्रोशित भएको भोको भरियाले ढुङ्गोमा खुकुरी प्रहार गर्दा कसरी रगतको भुल्को छुटेको थियो अनि कसरी नेपथ्यबाट बिरालोको म्याउको आवाज आएको थियो र कसरी सिंहवाहिनी देवी साक्षात् भएकी थिइन् । त्यस बेलादेखि अहिलेसम्म अनेकाँै पटक म्याङलुङको रुपान्तरण भइसकेको छ । पछिल्लो पटक २२ मङ्सिर २०५९ सालको आगलागीमा परेर ८६ घर नष्ट भएपछि विस्थापित भएका २११ परिवार पुनः स्थापित भइसकेका छन् । म्याङलुङ बजार अब आधुनिक हुने तरखरमा नगरपालिका घोषित हुने प्रतीक्षामा छ ।

धेरै हिसाबले तेह्रथुम रोचक छ । यहाँको तीनजुरे, जलजले र मिल्केका पर्वत शृङ्खलामा नेपालमा पाइने ३२ मध्ये २८ प्रकारका लालीगुराँस फुल्छन् । राजनीतिक हिसाबले ९ चैत २०६१ को बिहान तेह्रथुमका जनताका लागि जिल्लाकै इतिहासमा सबभन्दा रोचक रहृयो । उनीहरूले पहिलो पटक माओवादी समूहका नेता डा.बाबुराम भट्टर्राईका पक्षमा म्याङलुङ बजारका घरहरूमा ताजा भित्तेलेखन देखेर छक्क परे । पाँच किलोमिटर परको जिरीखिम्ती बजारमा यस्तो भएको भए त्यति आर्श्चर्य लाग्ने थिएन । तर, रातभरि निषेधाज्ञा लागू भएको सदरमुकाममा माओवादी कार्यकर्ता आएर खुलेआम भित्तेलेखन गरेको यो पहिलो पटक थियो । स्थानीय पत्रकारहरूसँग अनौपचारिक कुराकानीको क्रममा सुरक्षाफौजका मेजरले भन्नुभएछ, "बिहान चार बजेतिर लेखेछन् क्यारे मोराहरूले !"

लिम्बूहरूको ज्रि्रोले जोर घुम्ती शब्द उच्चारण गर्दा चोर घुम्ती सुनिने र त्यसबाट बजारकै बेइज्जती हुने ठानेर जिरीखिम्ती भन्न थालिएको तेह्रथुमको बजार सुरक्षाका दृष्टिले निकै संवेदनशील मानिन्छ । यही १९ फागुनका दिन माओवादी खोज्दै गस्तीमा जिरीखिम्ती पुगेका सुरक्षाकर्मीहरूको व्यवहार मानवोचित नभएको उल्लेख गर्दा पक्कै पनि सुरक्षाकर्मीको मनोबल गिराएको आरोप लाग्ने छैन । बजारका ब्यापारी र निवासीहरूलाई खुला सडकमा तीन लहरमा उभ्याएर गरिएको उक्त दिनको कारबाहीले सुरक्षाकर्मीको मनोबल बढाए पनि जनताको मनोबल हदैसम्म खस्काएको छ । त्यसमा पिप्ले गाउँका वृद्ध बलबहादुर दमाईले मात्र होइन, धेरै अरू व्यवसायीले चित्त दुखाएका छन् । बजारभन्दा केहीपर हामीलाई रोकेर परिचय खोज्ने क्रममा माओवादीका स्थानीय कार्यकर्ता योक्तबहादुर लिम्बू 'मानव' ले बताए, "हामीलाई त आतङ्कवादी भन्दछन् । तर, तपाईँ पत्रकारहरू हो भने जिल्लाको कुरा राम्ररी बुझेर जानुहोला ।"

तेह्रथुम जिल्लामा हिंसाको स्थिति अन्यत्रको भन्दा फरक छैन । सदरमुकाम म्याङलुङमा हिंसाको प्रभाव त्यति सारो नदेखिए पनि जिल्लाका धेरै क्षेत्रहरू हिंसाबाट आक्रान्त छन् । खाम्लालुङ, म्याङलुङ, तम्फुला, हमरजुंग र आङदिम बाहेक अन्यत्र सबै गाउँका गाविस भवनहरू भत्काइएका छन् । खकुलेमा निर्मित तमोर नदीको पुल काटिएको छ । पछिल्लो स्थानीय निर्वाचनपछि खाम्लालुङका ४७ जना निर्वाचित जनप्रतिनिधिहरू सबै एकमुष्ट माओवादीमा समाहित भएको घटनाले तेह्रथुमको राजनीतिक संरचनामा साङ्केतिक महत्त्व राख्दछ । विगत चार वर्षो अवधिमा द्वन्द्वका कारण ६२ जना मारिएका छन् भने २०६१ को माघ महिनासम्म द्वन्द्वका ८० वटा घटना भइसकेका छन् । चन्दा आतङ्कले जनता आजित भएर वितृष्णाको स्थितिमा पुगेको थाहा पाएर माओवादीको जिल्लास्तरीय नेतृत्वले हालै कार्यकर्ताहरूलाई जनतालाई दुःख नदिने निर्देशन जारी गरेको छ । यसबाट चन्दा आतङ्क मत्थर भएको छ । तर, नेतृत्वको निर्देशनले भोका माओवादीको पेट नभरिने हुँदा उनीहरूले गाउँलेको भान्सामा सित्तैँ खान छाडेका छैनन् ।

हिंसाका कारण आन्तरिक विस्थापन तेह्रथुमको प्रमुख समस्या बन्दै गएको छ । ओख्रे गाउँ अहिले युवा जनशक्तिविहीन बनेको छ । अखिल क्रान्तिकारीको सदस्यता लिनै पर्ने अनिवार्यताका कारण भयग्रस्त युवायुवतीहरू घर छाडेर हिँड्न थालेका छन् । जिल्लाका राजनीतिक नेताहरू मारिने डरले सबै विस्थापित भइसकेका छन् । बजारका प्रतिष्ठित काङ्ग्रेसी गोविन्द ढुङ्गाना भन्नुहुन्छ, "नेपाली काङ्ग्रेसका सबै नेताहरू विस्थापित भइसक्नुभएको छ । हामी केही साथीहरू जेनतेन बसिरहेका छौँ । एमालेका साथीहरू पार्टर्ीीे पर्ुनर्संरचनामा लाग्नुभएको छ । हामी काङ्ग्रेसहरू पार्टर्ीीकता पर्खिरहेका छौँ ।"

व्यवसायीहरू पनि उत्तिकै दयनीय अवस्थामा छन् । जिल्लामा कृषि र अन्य उद्यमहरूको प्रचूर सम्भावना नभएको होइन । तेह्रथुम ढाका कपडाका लागि प्रसिद्ध भएपनि उद्योग मौलाउन सकेको छैन । लोक्ता र अलैंचीले ल्याउन लागेको सम्मृद्धिमा पनि द्वन्द्वले असर पारेको छ । सामुदायिक वनबाट जनताले फाइदा पाउन लागेकै वेला माओवादीले प्रतिशतको भागवण्डा खोजेका छन् । उद्यमीहरू प्रश्न गर्दछन्, "कसका लागि गर्ने काम हामीले ?"

लिम्बू र दलितहरूमा माओवादीको प्रभाव बढी विस्तार भएको बताइए पनि कानून व्यवसायी र शिक्षकका रूपमा परिचित भक्तराज कन्दङ्वा बाहेक नाम उल्लेख गर्न सकिने स्तरका नेता बनेका छैनन् । शिक्षा र संस्कृतिका हिसाबले निकै अगाडि बढेको आठर्राईमा हिंसाको प्रभाव तुलनात्मक रूपमा निकै बढी मानिन्छ । तर, म्याङलुङ र आठर्राईको बाटै फरक छ । आठर्राई छिर्न पाँचथरको बाटो सजिलो छ भने म्याङलुङ धनकुटाको हिलेसँग मोटर बाटोले जोडिएको छ । (हिमाल खबर पत्रिकामा प्रकाशित लेख)

Wednesday, January 19, 2011

मर्यादित बन्नेभए तेह्रथुमका जिम्मावालहरु

मनोज लिम्बु
तेह्रथुम ५ माघ/तेह्रथुमका राजनितिक दल, सरकारी कार्यालय तथा गैर-सरकारी संघ-संस्थाहरुले सार्वजनिक कार्यक्रमहरुमा निर्धारित समयमै उपस्थित हुने प्रतिवद्धता जनाएका छन् । म्याङ्लुङ्गमा मंगलबार आयोजित नागरिक सुनुवाई कार्यक्रममा दल, कार्यालय र गैर-सरकारी संस्थाका प्रतिनिधिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
म्याङ्लुङ्गस्थित जिल्ला विकास समितिको हलमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस, एकिकृत माओवादी, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, मंच सम्वद्ध संघिय लिम्वुवान राज्य परिषद, राष्ट्रिय जनशक्ति पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीका प्रमुख एवं प्रतिनिधिहरुले सार्वजनिक कार्यक्रमहरुमा निर्धारित समयमै उपस्थित हुने बचन दिएका हुन् । दलका प्रतिनिधि निर्धारित समयमा कार्यक्रममा उपस्थित नहुने सहभागीको गुनासोप्रति नेपाली कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगाना -केदार) र एकिकृत नेकपा माओवादी तेह्रथुमका सह-ईन्चार्ज रोषन कन्दङ्वा लगायत दलका प्रतिनिधिहरुले आगामी दिनमा निर्धारित समयमै उपस्थित हुने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सिताराम कार्की, स्थानीय विकास अधिकारी खड्गबहादुर चापागाई र गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष अनुभूतिबम नेपालीले पनि तोकिएकै समयमा सार्वजनिक कार्यक्रमहरुमा उपस्थित हुने प्रतिवद्धता जनाउनु भएको छ ।
कार्यक्रममा म्याङ्लुङ्ग बजारका लागि निर्माण गरिएको खानेपानी टि्रटमेन्ट प्लान्ट संचालन नआएको, जिल्ला स्वास्थ्य कार्यालयमा भिडियो एक्सरे मेसिन संचालनमा ल्याउन नसकिएको ,सदरमुकाम म्याङ्लुङ्गसम्म माईक्रो बस संचालन गर्न र बसन्तपुर - म्याङ्लुङ्ग सडक खण्डमा लोकल यातायत र दिवा सेवा संचालन गर्ने बिषयमा छलफल भएको थियो ।

Sunday, January 16, 2011

गुराँस संरक्षित क्षेत्रमा हिमपात

मनोज लिम्बु
तेह्रथुम २ माघ
तेह्रथुम संखुवासभा र ताप्लेजुङ्गको संगमस्थल तिनजुरे-मिल्के- जल्जले क्षेत्रमा भारी हिमपात भएको छ । गुराँस संरक्षित उक्त क्षेत्रमा आईतवार दिउँसो साँढे दुई बजेबाट बर्षासँगै हिमपात सुरु भएको हो । हिमपातका कारण तिनजुरे टुटे देउराली मंगलबारे चौकी पाँचपोखरी लामपोखरी गुफा पोखरी मेन्छ्यायेम डाँडा सेताम्य भएका छन् भने बसन्तपुर बजारमा पनि भारी हिमपात भएको छ । मंगलवारे चौकीका बिष्णुकुमार पाठकका अनुसार साँझ ६ बजे सम्ममा चौकीबजारमा दुई फुट हिउँ जमिसकेको छ । अहिले पनि तिनजुरे- मिल्के- जल्जले क्षेत्रमा हिमपात भैरहेको पाठकले बताए । यस वर्ष उक्त क्षेत्रमा यो सहित २ पटक हिमपात भएको हो । हिमपातकाकारण मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् । चिसोले जनजिवन कष्टकर बन्दै गएको छ । हिमपातका कारण गाई बस्तुलाई घाँस- खोले दिन समेत नसकिएको गुफा पोखरीका डोमा सेर्पाले बताईन् ।

सभ्य बन्दैछ तेह्रथुम


मनोज लिम्बु
तेह्रथुम २ माघ/बिपन्न घरधुरीलाई खुल्ला दीशा- पिसाब मुक्त बनाउने उदेश्यले तेह्रथुमका ५ गाविसमा धमाधम पक्की शौचालय निर्माण भैरहेका छन् । जिल्लाको आम्वुङ्ग, मोराहाङ्ग, श्रीजुङ्ग, पौंठाक र ओयाक्जुङ्ग गाविसमा धमाधम पक्की शौंचालय निर्माण अभियान संचालन भएका हुन् । एक्सनएड नेपालको सहयोग तथा देउराली सोसाईटी तेह्रथुमले बिपन्न घरधुरीलाई खुल्ला दीशामुक्त बनाउन शौचालय निर्माण अभियान संचालन गरेको हो ।
अहिले पााच गाविसका ३० विपन्न घरधुरीम र दुई विद्यालयमा शौचालय निर्माण धमाधम भैरहेका छन् । विपन्न परिवारलाई खल्ला दीशा मुक्त बनाउने उदेश्यले ५ वटै गाविसमा बिपन्न घरधुरी छनौट गरी शौचालय निर्माण अभियान संचालन गरिएको देउराली सोसाईटीका कार्यक्रम संयोजक नरवहादुर आङ्बुङ्गले जानकारी दिनुभयो । अधिकारमुखी बिकासको अवधारणाको माध्यमद्धारा सामाजिक रुपान्तरण कार्यक्रम अन्र्तगत गठन भएका समूहका बिपन्न परिवारलाई शौचालय निर्माणमा सहयोग गरिएको देउराली सोसाईटीले जनाएको छ । शौचालय निर्माणका लागि सोसाईटीले नगद र निर्माण सामाग्री समेत प्रदान गरेको छ । शौचालय निर्माणका लागि सिमेन्ट, रड, पेन सेट, जस्तापाता, पाईप गरी प्रति घर सााढे ८ हजार रुपैयाा बराबरको सहयोग प्रदान गरिएको संयोजक आङ्बुङ्गले बताउनु भयो । सोसाईटीको सहयोगमा शौचालय अभाव भएका मोराहाङ्गको ललितचन्द्रा प्रावि र ओयाक्जुङ्गको पाथीभरा प्राविमा पनि शौचालय निर्माण भैरहेको छ । विद्यालयमा दुई कोठे पक्कि शौचालय निर्माणका लागि साढे ५८ हजार रुपैयााका दरले सहयोग गरिएको आङ्बुङ्गले बताउनु भयो । शौचालय निर्माणका लागि देउरालीले सहयोग गरेपछी बिपन्न परिवारहरु पनि शौचालय निर्माण अभियानमा जुटेका छन् । उनीहरुले शौचालय निर्माणका लागि खाल्डो खन्नेदेखी ढुंगा, गिटी र बालुवा आफै जुटाएका छन् । सोसाईटीले बिपन्न परिवारलाई खुल्ला दीशामुक्त बनाउने उदेश्यले शौचालय निर्माण अभियान चलाएपछी छर-छिमेकीहरुले पनि शौचालय निर्माण गर्न थालेका छन् । बिपन्न परिवारलाई शौचालय निर्माणमा देउरालीले सहयोग गरेपछी अन्य छर-छिमेकीहरुले पनि शौचालय निर्माण गर्न थालेको सृजनशिल समूह मोराहाङ्गका उपाध्यक्ष कल्पना दर्नालले बताउनु भयो । उहााका अनुसार गाउामा शौचालय निर्माण अभियान संचालन भएपछी स्थानीय युवाहरुले रोजगारी समेत पाएका छन् ।

Thursday, January 13, 2011

भत्केको गाउँ भत्केकै सहर


मोहन मैनाली
तेह्रथुमका पत्रकार मनोज लिम्बू काठमाडौँ आउँदा आफनो गाउँ र काठमाडौँका बीचमा सबै भन्दा ठूलो भिन्नता के छ भनेर धेरै दिन घोत्लिए । धेरै पटक पुनर्विचार गरेपछि उनी टुङ्गोमा पुगे- “गाउँमा घर धमाधम ढल्दैछन् । काठमाडौँमा चाहिँ धमाधम बन्दैरहेछन् । काठमाडौँ र मेरो गाउँका बीचको सबै भन्दा ठूलो भिन्नता यही हो ।”
मनोजले एकदमै सटिक निष्कर्ष निकालेका हुन् । नेपालका प्रायः सबै जिल्लाका हकमा यो कुरा सही हो ।
हरेक वर्ष गाउँका कति घरको रङ्ग उड्छ, आँगनमा घाँस उम्रन्छ । कति घरको छाना चुहिने हुन्छ । कति घरको पर्खाल भत्कन सुरू गर्छ । कति घर खण्डहर हुन्छन् । हरेक वर्ष कति खेतबारी बाँझो बस्छन् । अर्काे वर्ष बुट्यान उम्रन्छ । केही वर्षपछि जङ्गल बन्छ ।
गाउँमा यस्तो विनाश भएपछि सहर/बजारमा बस्ने पत्रकारले लेख्छ- खानेपानीको हाहाकार भयो । फोहर फाल्ने ठाउँ भएन । ध्वनि प्रदूषण भयो । खुला सार्वजनिक क्षेत्र मासिए । नदीमा पानी होइन फोहर बग्न थाल्यो । सकुम्बासी बस्ती बढे । सहर/बजार साँघुरिए ।
गाउँका मानिसले गाउँ छाड्ने चलन नयाँ होइन । कुनै बेला पूर्वी र मध्य नेपालका गाउँका मानिसहरू जीवन धान्नका लागि आसाम र बर्मा जान्थे । कतिपय अलिअलि धन कमाएपछि घर र्फकन्थे । कति उतै भासिन्थे ।
२००७ साल पछि मधेसमा औलो घट्यो । पहाडी जिल्लाका मानिसहरू मधेस झरे । यीमध्ये कतिले दुवैतिर बसोबास कायम राखे । कतिको पहाडसँगको साइनो टुट्यो । तेह्रथुममा पनि त्यस्तै भयो ।
“तेह्रथुम आफनै सफलताको शिकार भयो,” लोकसेवा आयोगका अध्यक्ष सन्तबहादुर राईले भनेका थिए । उनी पञ्चायत विकास अधिकारी भएर तेह्रथुम पुगेका रहेछन् । तेह्रथुमका धेरै भाग घुमेका रहेछन् । त्यसैका आधारमा उनले त्यस्तो निष्कर्ष निकालेका हुन् ।
कुनै ठाउँ आधारभूत शिक्षामा अघि बढ्छ तर त्यहाँ विभिन्न विधाका उच्च शिक्षाका अवसर छैनन् भने त्यहाँका आधारभूत शिक्षा पूरा गरेका, उच्च शिक्षा हासिल गर्ने चाहना र क्षमता भएका अधिकांश युवाहरू त्यो ठाउँ छाड्छन् । उच्च शिक्षा पूरा गर्छन्, ज्ञान र सिप आर्जन गर्छन् । आफूले आर्जेको सिप र ज्ञान आफनो ठाउँले उपयोग गर्न सक्दैन भन्ने ठान्छन् । त्यसलाई आफनो ज्ञान र सिप उपयोग गर्न सक्ने बनाउनतिर लाग्दा धेरै मेहनत गर्नु पर्ने हुनाले उनीहरू सजिलो बाटो रोज्छन् र अन्यत्रै अल्मलिन्छन् ।
सन्तबहादुरले यही कुराको विश्लेषण गरेर त्यसो भनेको हुनुपर्छ ।
लाहुरेका छोराछोरीले हङकङ बस्न पाउने भएपछि गाउँका धेरै मानिसहरू त्यता लागे । अहिले त्यहाँ नेपालीहरूको ठूलै जमघट छ ।
अदक्ष र अर्धदक्ष नेपाली कामदारका लागि विदेशमा काम खुलेपछि गाउँ छाड्ने अर्काे प्रक्रिया सुरू भयो । थोरै जनसंख्या भएको तेह्रथुमकै उदाहरण लिऊँ । २०६५ वैशाखमा एक दिनमा सरदर १५ जना तेह्रथुमे युवाले पासपोर्ट बनाउने गर्थे । तीमध्ये अधिकांश कामका लागि विदेश जान चाहन्थे ।
माओवादीले थालेको युद्धले पनि गाउँलाई निर्जन बनायो । ज्यान जोगाउन गाउँबाट भागेका कति मानिसहरू यतै रमे । कति मानिस चाहँदा चाहँदै पनि गाउँ जान पाएका छ्रैनन् ।
गाउँलेलाई अन्त तान्ने गाउँ बाहिरका यी कुरा बाहेक उनीहरूलाई गाउँबाट धकेल्ने कतिपय कुराहरूले गर्दा पनि गाउँका घरबारी उजाडिएका छन् । उन्नति गर्ने पूर्वाधारको कमी ती मध्ये प्रमुख हो । सडकको अभाव सबै भन्दा खड्किएको पूर्वाधार हो । सडक नहुनु ठूलो समस्या होइन तर सडक बन्ने कामको गति सुस्त हुनु चाहिँ ठूलो समस्या हो ।
उन्नतिको अर्काे पूर्वाधार उद्यम हो तर नेपालका गाउँमा त्यति धेरै उद्यम छैन । सहरबाट ग्यास, लत्तापकडा, चाउचाउ, टेलिभिजन सेट, सिमेन्ट, छड आदि सामान लिएर जाने गाडी रित्तै सहर र्फकनु भनेको त्यस ठाउँको अर्थतन्त्र खँगारिनु हो । त्यहाँका मानिस खँगारिनु हो । सहरी अर्थतन्त्रले गाउँले अर्थतन्त्रलाई टाट उल्टाउन नदिने एउटा प्रमुख क्षेत्र कृषि हो तर कृषि क्षेत्र बाँझो भएपछि यसले केही गर्न सक्दैन ।
विदेश गएका गाउँलेहरूले धेरै पैसा आफनो गाउँ पठाउँछन् तर त्यो पैसा गाउँमा बस्दैन । २०६५ साल वैशाखमा तेह्रथुमको अध्ययन गर्न गएको पत्रकारको टोलीले तेह्रथुममा वर्षेनी ५० करोड रूपैया विदेशबाट आउने अनुमान गरेको थियो । यो पैसा ब्याङ्क मार्फत आउँथ्यो । पैसा चञ्चल हुन्छ, र्फकेर फेरि ब्याङ्क आउँछ भन्छन् अर्थशास्त्रीहरू तर ब्याङ्क मार्फत तेह्रथुम गएको पैसा ब्याङ्कमा र्फकदैन । साहुको ऋण तिर्न, मधेसमा जग्गा किन्न, कामका लागि विदेश जान दलाललाई खुवाउन र प्लेनको टिकट किन्नमा खर्च हुन्छ । यस्ता पैसाले उद्यम बढाएको छैन भने हुन्छ ।
यस्तै हुँदै गएपछि मनोज जस्ता गाउँमा बस्ने पत्रकारहरूले गाउँका घर भत्किएको देख्छन । अरू गाउँलेले गाउँ छाडेको कुरा आप\mनो नोटमा टिप्छन् । ठट्यौलो तर मार्मिक पाराले भन्न जान्ने पत्रकारले भन्छन्- गाउँको पानी र गाउँको जवानी गाउँमा उपयोग हुँदैन ।
यस्तो अवस्था फेर्न आफनो पूरै वा अधिकांश समय गाउँ बाहिर बिताउने मानिसहरूले गाउँका लागि धेरै काम गर्न सक्छन् । त्यहाँको माटोमा हुर्किएको, त्यहाँको हावापानी खाएको र नयाँ पुस्ताको भविष्य उज्ज्वल होस भनेर आफू भन्दा अघिल्लो पुस्ताले बनाएका पूर्वाधार- स्कूल, स्वास्थ्यचौकी, बाटो, पाटीपौवा, धर्मशाला, पुलआदि- उपयोग गरेर आजको अवस्थामा आइपुगेको मानिसका नाताले त्यस ठाउँको दूधको भारा तिर्नका लागि पनि केही न केही गर्न सक्छन् । नेपाल र बाँकी विश्वमा उपलब्ध अवसर, साधनस्रोत र सुविधा उपभोग गर्ने मामलामा बाँकी मानिसलाई उछिनेका नताले आफू भन्दा कम अवसर पाएका र कतै पहुँच नभएका गाउँबासीलाई यस्ता अवसर, स्रोतसाधन र सुविधा उपभोग गर्न सहयोग गर्नु कर्तब्य हो ।
यसका लागि धेरै त्याग गर्नुपर्दैन । आफूले आर्जेको ज्ञान, सिप र सम्पत्तिमा आफूलाई हुर्काउने ठाउँको जति हक लाग्छ त्यति छुटयाइदिए पुग्छ ।
यस्तो गर्ने प्रक्रिया सरल छ । यस मामलामा सप्तरीको नेपाल-भारत सिमानामा रहेको गाउँ कटैयामा धेरै पहिले भएका कामबाट धेरै कुरा सिक्न सकिन्छ । त्यस गाउँमा हुर्केर अन्यत्र बसेका एकजना इञ्जिनियरको सक्रियतामा त्यहाँका मानिसले एउटा नियम बनाए । त्यस नियम अनुसार त्यस गाउँमा जन्मे/हुर्केको मानिसले वर्षमा निश्चित दिन -आफनो सुविधा अनुसार) गाउँमा बस्नुपर्छ । गाउँमा बस्दा ऊ इञ्जिनियर हो भने गाउँका लागि आवश्यक बाटो, पुलपुलेसाको सर्भे र डिजाइन गर्नुपर्छ । त्यसलाई साकार पार्न सक्दो प्रयास गर्नुपर्छ । स्वास्थ्य, शिक्षा, कृषि, ब्यापार, उद्योग आदि जुनसुकै क्षेत्रका मानिसलाई पनि यही कुरा लागू हुन्छ ।
तिब्बतसँग सिमाना जोडिएको गोरखाको चुम भेगका मानिसहरूबाट पनि धेरै कुरा सिक्न सकिन्छ । काठमाडौँमा बसोबास गरिरहेका त्यहाँका मानिसहरूले आफनो ठाउँको उन्नतिका लागि आप\mनो समय र पैसा खर्च गरिरहेका छन् । उनीहरू आफनो ठाउँमा उपलब्ध सार्वजनिक सेवालाई स्तरीय बनाउन, आफनो ठाउँको उन्नतिका लागि आवश्यक पर्ने नीति निर्माण गर्नका लागि दवाव दिने, स्वास्थ्य सेवा र भौतिक पूर्वाधार पुर्‍याउने जस्ता काम गर्दैछन् ।
सबैले उपयोग गर्ने यस्ता पूर्वाधार तयार गर्दैमा तिनको उपयोग सबैले समान रूपमा गर्न सक्छन् भन्ने छैन । तिनको उपयोग कसैले बढी, कसैले कम गर्न सक्छन् । कसैले गर्दै नगर्न सक्छन् । तिनलाई यस्ता सुविधा अरू सरह उपभोग गरेर आफनो उन्नति गर्न नसक्ने मानिसका लागि विशेष व्यवस्था गर्नुपर्छ । जस्तै, गरिवीका कारणले केटाकेटीलाई स्कूल पठाउन नसक्ने मानिस । कुनै पनि सार्वजनिक कामको लाभ सबै भन्दा पहिले कमजोर अवस्थामा रहेका मानिसले पाउने ब्यवस्था गर्नुपर्छ । यसका लागि तेह्रथुमको जिल्ला विकास समितिले बनाएको एउटा प्रावधान अन्यत्र पनि लागू गर्न सकिन्छ । त्यो के हो भने- जिल्लाका कुनै ठाउँमा, कसैले, कुनै कार्यक्रम सञ्चालन गर्छ भने त्यसको लाभ सबै भन्दा पहिले पाउने हक त्यस ठाउँको सबैभन्दा गरिब मानिसको हो । यसका लागि त्यहाँका सबै गाउँमा सबैभन्दा गरिब मानिस को हो भनेर पहिचान गरिसकिएको छ ।
गाउँ बाहिर रहेको जनशक्तिलाई उपयोग गर्नका लागि यस्ता मानिसहरूको दक्षता, सिप, ज्ञान र ठेगानाको विवरण तयार गर्न सकिन्छ । केही नभए पनि त्यस्ता मानिसहरूको नाम र सम्पर्क ठेगाना एक ठाउँमा राख्न सकिन्छ । यो काम गर्न त्यति गाह्रो रहेनछ भन्ने कुरा काठमाडौँमा बसेका चुमका बासिन्दाले देखाइसकेका छन् । उनीहरूले यस्तो विवरण तयार गरी त्यसलाई वेभसाइटमा राखेका छन् ।
गाउँमा जन्मे/हुर्केका र अहिले अन्यत्र बसेर विभिन्न पेशा गरिरहेका आधा मानिसले मात्र यसो गर्ने हो भने गाउँको मुहार फेरिन्छ । त्यतिबेला मात्र गाउँमा बस्ने पत्रकार मनोज लिम्बूले भन्न सक्छन्- गाउँमा नयाँ घर बन्दैछन् । पुराना घर सिँगारिँदैछन् ।
सार्वजनिक सेवा सुविधा अलि बढी मात्रामा उपभोग गरेका नाताले सहरमा बस्ने मानिसले यस्ता सेवा सुविधा कम भएका गाउँलाई मद्दत गर्न तम्सिए सहरमा बस्ने पत्रकारले भन्नसक्छ- सहर/बजार व्यवस्थित भए । अलि फराकिला भए । वातावरण स्वच्छ भयो । मान्छे बस्न लायक भए ।
(शनिवारीय, गोरखापत्र दैनिक, २०६७ पुस १७ गते, January 1, 2011)

Saturday, January 8, 2011

राजसंस्था चाहिन्छ ः थापा

मनोज लिम्बु
तेह्रथुम २३ पुष÷राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय एकताका लागि संवैधानिक राजसंस्थाको आवश्यकता रहेको बताउनु भएको छ । राप्रपा नेपाल तेह्रथुमको प्रथम जिल्ला अधिबेशनलाई आज म्याङलुङमा उद्घाटन गर्दै उहाँले राष्ट्रिय एकता लागि राजसंस्था एक मात्र बिकल्प भएको बताउनु भयो । राजनितिक दलहरुको कारण देशको राष्ट्रियता संकटमा परेको उल्लेख गर्दै उहाँले अहिले मुलुकमा राष्ट्रिय मेलमिलापको आवश्यकता रहेको औंल्याउनु भयो । उहाले अपराध र अपराधिहरुलाई दलहरुले संरक्षण गर्ने गरेकाले देशमा अपराधीक घटना बढिरहेको समेत उल्लेख गर्नु भयो । प्रमुख दल माओवादी कांग्रेस र एमालेले राजनितिमा ३ दलिय सेण्डिगेट खडा गरेर प्रजातन्त्र र राष्ट्रियता कमजोर बनाएको उहाँको आरोप छ । देशलाई संविधान र सरकार विहिनताको अवस्थामा राखेर गणतन्त्रबादी शक्ति हुँ भन्नेहरुले गणतन्त्रलाई गाईजात्रे ब्यवस्थाको रुपमा परिणत गराएको थापाले टिप्पणी गर्नुभयो । अधिवेशनको उद्घाटन समारोहमा राप्रपा नेपालका केन्द्रीय सदस्य रामकुमार सुब्बा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य रामवहादुर तुम्वाहाम्फे राष्ट्रिय जनशक्ति पार्टीका प्रतिनिधि लगायतले अधिवेशनको सफलताको शुभकामना दिएका थिए । उद्घाटन समारोह राप्रपा नेपाल तेह्रथुमका अध्यक्ष लिलावहादुर तुम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको हो ।

Thursday, January 6, 2011

तेह्रथुमलाई लोडसेडिङ मुक्त बनाउने मन्त्रीको उद्घोष

मनोज लिम्बु
तेह्रथुम २२ पुस ।
उर्जा राज्य मन्त्री चन्द्रिसंह भट्टराईले ट्रान्सफर्मरको क्षमता बिस्तार गरी तेह्रथुम जिल्लालाई लोडसेडिङ्ग मुक्त बनाउन पहल गर्ने बताउनु भएको छ । ग्रामिण विधुति करणको अवस्था निरिक्षण गर्न तेह्रथुम आउनु भएका मन्त्री भट्टराईले आज म्याङ्लुङ्गमा राजनितिक दलका प्रतिनिधिहरुसँग कुराकानी गर्दै जिल्लालाई लोड सेडिङ्ग मुक्त बनाउन पहल गर्ने आश्वासन दिनु भएको हो ।
राजनितिक दलका प्रतिनिधिहरुले बिधुतको क्षमता भए पनि जिरिखिम्ति विधुत सव-स्टेशनमा सानो क्षमताको ट्रान्सफर्मर राखिएकाले जिल्लाबासीले लोडसेडिङ्ग खेप्नु परेको भन्दै उर्जा राज्य मन्त्रीको ध्यानाकर्षण गराएका थिए । उहाँले ठूलो क्षमताको ट्रान्सफर्मर उपलब्ध गराउनका लागि सरकार लागी पर्ने बताउनु भयो ।
सरकार काम चलाउ मात्र भएकाले सोचे अनुसार बिकास- निर्माणको काम अघि बढाउन नसकिएको भन्दै उहाँले सरकार विहिनताको अवस्था चाँडो अन्त्य गर्नु पर्ने बताउनु भयो । जिरिखिम्ति बिधुत सवस्टेशनको पुरानो ट्रान्सफर्मर बिगि्रएपछी प्राधिकरणले १।५ मेगाभोल्ट एम्पियरको मात्र नयाँ ट्रान्सफर्मर जडान गरेपछी जिल्लाबासी डेढ बर्षदेखी दैनिक २ घण्टा लोडसेडिङ्ग खेप्दै आएका छन् ।
विद्युत क्षमता भएपनि पिक आवरमा ट्रान्सफर्मरले लोड थाम्न नसक्दा लोडसेडिङ्ग गर्नु परेको विधुत प्राधिकरणले जनाएको छ । जिल्लामा हाल वेलुका दैनिक ६ देखी २ घण्टा लोड सेडिङ्ग भैरहेको छ । हाल जिल्लामा पिक आवरमा २ हजार किलोवाटसम्म बिधुत खपत हुने र १।५ मेगाभोल्ट एम्पियरको ट्रान्सफर्मरले १२ सय किलोबाटसम्म मात्र लोड थाम्ने भएकाले लोडसेडिङ्ग गर्नु परेको प्राधिकरणको भनाई छ ।

Tuesday, January 4, 2011

SUGGESTIONS FOR RHODODENDRONS’ CONSERVATION

Tehrathum. Federation of Community Forests Users Nepal (FECOFUN), Tehrathum has started suggestions collection campaign so as to formulate a strategic plan for the conservation of rhododendron found in Tinjure-Milke-Jaljale forest area of the district.
Decision to this effect was taken following rampant deforestation in the area known as rich in species of rhododendron. According to district secretary of FECOFUN Tulasi Sangroula, the plan will be formulated after collecting the suggestions from 10 VDCs of the district adjoining to the forest area and also from the district level. The campaign has already been completed in Pauthak and Shrijung villages, he added. During the campaign, the consumers suggested to form committees for the conservation of rhododendron, provide them with alternative energy in grant, link the area with rod network and distribute fire woods to consumers by setting up its depots among others, said Sangraula.Out of the total 32 species of rhododendron found in Nepal, 28 species are found alone in Tinjure- Milke-Jaljale forest area.