मनोज लिम्बु
तेह्रथुम ५ माघ/तेह्रथुमका राजनितिक दल, सरकारी कार्यालय तथा गैर-सरकारी संघ-संस्थाहरुले सार्वजनिक कार्यक्रमहरुमा निर्धारित समयमै उपस्थित हुने प्रतिवद्धता जनाएका छन् । म्याङ्लुङ्गमा मंगलबार आयोजित नागरिक सुनुवाई कार्यक्रममा दल, कार्यालय र गैर-सरकारी संस्थाका प्रतिनिधिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
म्याङ्लुङ्गस्थित जिल्ला विकास समितिको हलमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस, एकिकृत माओवादी, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, मंच सम्वद्ध संघिय लिम्वुवान राज्य परिषद, राष्ट्रिय जनशक्ति पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीका प्रमुख एवं प्रतिनिधिहरुले सार्वजनिक कार्यक्रमहरुमा निर्धारित समयमै उपस्थित हुने बचन दिएका हुन् । दलका प्रतिनिधि निर्धारित समयमा कार्यक्रममा उपस्थित नहुने सहभागीको गुनासोप्रति नेपाली कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगाना -केदार) र एकिकृत नेकपा माओवादी तेह्रथुमका सह-ईन्चार्ज रोषन कन्दङ्वा लगायत दलका प्रतिनिधिहरुले आगामी दिनमा निर्धारित समयमै उपस्थित हुने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सिताराम कार्की, स्थानीय विकास अधिकारी खड्गबहादुर चापागाई र गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष अनुभूतिबम नेपालीले पनि तोकिएकै समयमा सार्वजनिक कार्यक्रमहरुमा उपस्थित हुने प्रतिवद्धता जनाउनु भएको छ ।
कार्यक्रममा म्याङ्लुङ्ग बजारका लागि निर्माण गरिएको खानेपानी टि्रटमेन्ट प्लान्ट संचालन नआएको, जिल्ला स्वास्थ्य कार्यालयमा भिडियो एक्सरे मेसिन संचालनमा ल्याउन नसकिएको ,सदरमुकाम म्याङ्लुङ्गसम्म माईक्रो बस संचालन गर्न र बसन्तपुर - म्याङ्लुङ्ग सडक खण्डमा लोकल यातायत र दिवा सेवा संचालन गर्ने बिषयमा छलफल भएको थियो ।
Wednesday, January 19, 2011
Sunday, January 16, 2011
गुराँस संरक्षित क्षेत्रमा हिमपात
मनोज लिम्बु
तेह्रथुम २ माघ
तेह्रथुम संखुवासभा र ताप्लेजुङ्गको संगमस्थल तिनजुरे-मिल्के- जल्जले क्षेत्रमा भारी हिमपात भएको छ । गुराँस संरक्षित उक्त क्षेत्रमा आईतवार दिउँसो साँढे दुई बजेबाट बर्षासँगै हिमपात सुरु भएको हो । हिमपातका कारण तिनजुरे टुटे देउराली मंगलबारे चौकी पाँचपोखरी लामपोखरी गुफा पोखरी मेन्छ्यायेम डाँडा सेताम्य भएका छन् भने बसन्तपुर बजारमा पनि भारी हिमपात भएको छ । मंगलवारे चौकीका बिष्णुकुमार पाठकका अनुसार साँझ ६ बजे सम्ममा चौकीबजारमा दुई फुट हिउँ जमिसकेको छ । अहिले पनि तिनजुरे- मिल्के- जल्जले क्षेत्रमा हिमपात भैरहेको पाठकले बताए । यस वर्ष उक्त क्षेत्रमा यो सहित २ पटक हिमपात भएको हो । हिमपातकाकारण मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् । चिसोले जनजिवन कष्टकर बन्दै गएको छ । हिमपातका कारण गाई बस्तुलाई घाँस- खोले दिन समेत नसकिएको गुफा पोखरीका डोमा सेर्पाले बताईन् ।
तेह्रथुम २ माघ
तेह्रथुम संखुवासभा र ताप्लेजुङ्गको संगमस्थल तिनजुरे-मिल्के- जल्जले क्षेत्रमा भारी हिमपात भएको छ । गुराँस संरक्षित उक्त क्षेत्रमा आईतवार दिउँसो साँढे दुई बजेबाट बर्षासँगै हिमपात सुरु भएको हो । हिमपातका कारण तिनजुरे टुटे देउराली मंगलबारे चौकी पाँचपोखरी लामपोखरी गुफा पोखरी मेन्छ्यायेम डाँडा सेताम्य भएका छन् भने बसन्तपुर बजारमा पनि भारी हिमपात भएको छ । मंगलवारे चौकीका बिष्णुकुमार पाठकका अनुसार साँझ ६ बजे सम्ममा चौकीबजारमा दुई फुट हिउँ जमिसकेको छ । अहिले पनि तिनजुरे- मिल्के- जल्जले क्षेत्रमा हिमपात भैरहेको पाठकले बताए । यस वर्ष उक्त क्षेत्रमा यो सहित २ पटक हिमपात भएको हो । हिमपातकाकारण मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् । चिसोले जनजिवन कष्टकर बन्दै गएको छ । हिमपातका कारण गाई बस्तुलाई घाँस- खोले दिन समेत नसकिएको गुफा पोखरीका डोमा सेर्पाले बताईन् ।
सभ्य बन्दैछ तेह्रथुम

मनोज लिम्बु
तेह्रथुम २ माघ/बिपन्न घरधुरीलाई खुल्ला दीशा- पिसाब मुक्त बनाउने उदेश्यले तेह्रथुमका ५ गाविसमा धमाधम पक्की शौचालय निर्माण भैरहेका छन् । जिल्लाको आम्वुङ्ग, मोराहाङ्ग, श्रीजुङ्ग, पौंठाक र ओयाक्जुङ्ग गाविसमा धमाधम पक्की शौंचालय निर्माण अभियान संचालन भएका हुन् । एक्सनएड नेपालको सहयोग तथा देउराली सोसाईटी तेह्रथुमले बिपन्न घरधुरीलाई खुल्ला दीशामुक्त बनाउन शौचालय निर्माण अभियान संचालन गरेको हो ।
अहिले पााच गाविसका ३० विपन्न घरधुरीम र दुई विद्यालयमा शौचालय निर्माण धमाधम भैरहेका छन् । विपन्न परिवारलाई खल्ला दीशा मुक्त बनाउने उदेश्यले ५ वटै गाविसमा बिपन्न घरधुरी छनौट गरी शौचालय निर्माण अभियान संचालन गरिएको देउराली सोसाईटीका कार्यक्रम संयोजक नरवहादुर आङ्बुङ्गले जानकारी दिनुभयो । अधिकारमुखी बिकासको अवधारणाको माध्यमद्धारा सामाजिक रुपान्तरण कार्यक्रम अन्र्तगत गठन भएका समूहका बिपन्न परिवारलाई शौचालय निर्माणमा सहयोग गरिएको देउराली सोसाईटीले जनाएको छ । शौचालय निर्माणका लागि सोसाईटीले नगद र निर्माण सामाग्री समेत प्रदान गरेको छ । शौचालय निर्माणका लागि सिमेन्ट, रड, पेन सेट, जस्तापाता, पाईप गरी प्रति घर सााढे ८ हजार रुपैयाा बराबरको सहयोग प्रदान गरिएको संयोजक आङ्बुङ्गले बताउनु भयो । सोसाईटीको सहयोगमा शौचालय अभाव भएका मोराहाङ्गको ललितचन्द्रा प्रावि र ओयाक्जुङ्गको पाथीभरा प्राविमा पनि शौचालय निर्माण भैरहेको छ । विद्यालयमा दुई कोठे पक्कि शौचालय निर्माणका लागि साढे ५८ हजार रुपैयााका दरले सहयोग गरिएको आङ्बुङ्गले बताउनु भयो । शौचालय निर्माणका लागि देउरालीले सहयोग गरेपछी बिपन्न परिवारहरु पनि शौचालय निर्माण अभियानमा जुटेका छन् । उनीहरुले शौचालय निर्माणका लागि खाल्डो खन्नेदेखी ढुंगा, गिटी र बालुवा आफै जुटाएका छन् । सोसाईटीले बिपन्न परिवारलाई खुल्ला दीशामुक्त बनाउने उदेश्यले शौचालय निर्माण अभियान चलाएपछी छर-छिमेकीहरुले पनि शौचालय निर्माण गर्न थालेका छन् । बिपन्न परिवारलाई शौचालय निर्माणमा देउरालीले सहयोग गरेपछी अन्य छर-छिमेकीहरुले पनि शौचालय निर्माण गर्न थालेको सृजनशिल समूह मोराहाङ्गका उपाध्यक्ष कल्पना दर्नालले बताउनु भयो । उहााका अनुसार गाउामा शौचालय निर्माण अभियान संचालन भएपछी स्थानीय युवाहरुले रोजगारी समेत पाएका छन् ।
Thursday, January 13, 2011
भत्केको गाउँ भत्केकै सहर

मोहन मैनाली
तेह्रथुमका पत्रकार मनोज लिम्बू काठमाडौँ आउँदा आफनो गाउँ र काठमाडौँका बीचमा सबै भन्दा ठूलो भिन्नता के छ भनेर धेरै दिन घोत्लिए । धेरै पटक पुनर्विचार गरेपछि उनी टुङ्गोमा पुगे- “गाउँमा घर धमाधम ढल्दैछन् । काठमाडौँमा चाहिँ धमाधम बन्दैरहेछन् । काठमाडौँ र मेरो गाउँका बीचको सबै भन्दा ठूलो भिन्नता यही हो ।”
मनोजले एकदमै सटिक निष्कर्ष निकालेका हुन् । नेपालका प्रायः सबै जिल्लाका हकमा यो कुरा सही हो ।
हरेक वर्ष गाउँका कति घरको रङ्ग उड्छ, आँगनमा घाँस उम्रन्छ । कति घरको छाना चुहिने हुन्छ । कति घरको पर्खाल भत्कन सुरू गर्छ । कति घर खण्डहर हुन्छन् । हरेक वर्ष कति खेतबारी बाँझो बस्छन् । अर्काे वर्ष बुट्यान उम्रन्छ । केही वर्षपछि जङ्गल बन्छ ।
गाउँमा यस्तो विनाश भएपछि सहर/बजारमा बस्ने पत्रकारले लेख्छ- खानेपानीको हाहाकार भयो । फोहर फाल्ने ठाउँ भएन । ध्वनि प्रदूषण भयो । खुला सार्वजनिक क्षेत्र मासिए । नदीमा पानी होइन फोहर बग्न थाल्यो । सकुम्बासी बस्ती बढे । सहर/बजार साँघुरिए ।
गाउँका मानिसले गाउँ छाड्ने चलन नयाँ होइन । कुनै बेला पूर्वी र मध्य नेपालका गाउँका मानिसहरू जीवन धान्नका लागि आसाम र बर्मा जान्थे । कतिपय अलिअलि धन कमाएपछि घर र्फकन्थे । कति उतै भासिन्थे ।
२००७ साल पछि मधेसमा औलो घट्यो । पहाडी जिल्लाका मानिसहरू मधेस झरे । यीमध्ये कतिले दुवैतिर बसोबास कायम राखे । कतिको पहाडसँगको साइनो टुट्यो । तेह्रथुममा पनि त्यस्तै भयो ।
“तेह्रथुम आफनै सफलताको शिकार भयो,” लोकसेवा आयोगका अध्यक्ष सन्तबहादुर राईले भनेका थिए । उनी पञ्चायत विकास अधिकारी भएर तेह्रथुम पुगेका रहेछन् । तेह्रथुमका धेरै भाग घुमेका रहेछन् । त्यसैका आधारमा उनले त्यस्तो निष्कर्ष निकालेका हुन् ।
कुनै ठाउँ आधारभूत शिक्षामा अघि बढ्छ तर त्यहाँ विभिन्न विधाका उच्च शिक्षाका अवसर छैनन् भने त्यहाँका आधारभूत शिक्षा पूरा गरेका, उच्च शिक्षा हासिल गर्ने चाहना र क्षमता भएका अधिकांश युवाहरू त्यो ठाउँ छाड्छन् । उच्च शिक्षा पूरा गर्छन्, ज्ञान र सिप आर्जन गर्छन् । आफूले आर्जेको सिप र ज्ञान आफनो ठाउँले उपयोग गर्न सक्दैन भन्ने ठान्छन् । त्यसलाई आफनो ज्ञान र सिप उपयोग गर्न सक्ने बनाउनतिर लाग्दा धेरै मेहनत गर्नु पर्ने हुनाले उनीहरू सजिलो बाटो रोज्छन् र अन्यत्रै अल्मलिन्छन् ।
सन्तबहादुरले यही कुराको विश्लेषण गरेर त्यसो भनेको हुनुपर्छ ।
लाहुरेका छोराछोरीले हङकङ बस्न पाउने भएपछि गाउँका धेरै मानिसहरू त्यता लागे । अहिले त्यहाँ नेपालीहरूको ठूलै जमघट छ ।
अदक्ष र अर्धदक्ष नेपाली कामदारका लागि विदेशमा काम खुलेपछि गाउँ छाड्ने अर्काे प्रक्रिया सुरू भयो । थोरै जनसंख्या भएको तेह्रथुमकै उदाहरण लिऊँ । २०६५ वैशाखमा एक दिनमा सरदर १५ जना तेह्रथुमे युवाले पासपोर्ट बनाउने गर्थे । तीमध्ये अधिकांश कामका लागि विदेश जान चाहन्थे ।
माओवादीले थालेको युद्धले पनि गाउँलाई निर्जन बनायो । ज्यान जोगाउन गाउँबाट भागेका कति मानिसहरू यतै रमे । कति मानिस चाहँदा चाहँदै पनि गाउँ जान पाएका छ्रैनन् ।
गाउँलेलाई अन्त तान्ने गाउँ बाहिरका यी कुरा बाहेक उनीहरूलाई गाउँबाट धकेल्ने कतिपय कुराहरूले गर्दा पनि गाउँका घरबारी उजाडिएका छन् । उन्नति गर्ने पूर्वाधारको कमी ती मध्ये प्रमुख हो । सडकको अभाव सबै भन्दा खड्किएको पूर्वाधार हो । सडक नहुनु ठूलो समस्या होइन तर सडक बन्ने कामको गति सुस्त हुनु चाहिँ ठूलो समस्या हो ।
उन्नतिको अर्काे पूर्वाधार उद्यम हो तर नेपालका गाउँमा त्यति धेरै उद्यम छैन । सहरबाट ग्यास, लत्तापकडा, चाउचाउ, टेलिभिजन सेट, सिमेन्ट, छड आदि सामान लिएर जाने गाडी रित्तै सहर र्फकनु भनेको त्यस ठाउँको अर्थतन्त्र खँगारिनु हो । त्यहाँका मानिस खँगारिनु हो । सहरी अर्थतन्त्रले गाउँले अर्थतन्त्रलाई टाट उल्टाउन नदिने एउटा प्रमुख क्षेत्र कृषि हो तर कृषि क्षेत्र बाँझो भएपछि यसले केही गर्न सक्दैन ।
विदेश गएका गाउँलेहरूले धेरै पैसा आफनो गाउँ पठाउँछन् तर त्यो पैसा गाउँमा बस्दैन । २०६५ साल वैशाखमा तेह्रथुमको अध्ययन गर्न गएको पत्रकारको टोलीले तेह्रथुममा वर्षेनी ५० करोड रूपैया विदेशबाट आउने अनुमान गरेको थियो । यो पैसा ब्याङ्क मार्फत आउँथ्यो । पैसा चञ्चल हुन्छ, र्फकेर फेरि ब्याङ्क आउँछ भन्छन् अर्थशास्त्रीहरू तर ब्याङ्क मार्फत तेह्रथुम गएको पैसा ब्याङ्कमा र्फकदैन । साहुको ऋण तिर्न, मधेसमा जग्गा किन्न, कामका लागि विदेश जान दलाललाई खुवाउन र प्लेनको टिकट किन्नमा खर्च हुन्छ । यस्ता पैसाले उद्यम बढाएको छैन भने हुन्छ ।
यस्तै हुँदै गएपछि मनोज जस्ता गाउँमा बस्ने पत्रकारहरूले गाउँका घर भत्किएको देख्छन । अरू गाउँलेले गाउँ छाडेको कुरा आप\mनो नोटमा टिप्छन् । ठट्यौलो तर मार्मिक पाराले भन्न जान्ने पत्रकारले भन्छन्- गाउँको पानी र गाउँको जवानी गाउँमा उपयोग हुँदैन ।
यस्तो अवस्था फेर्न आफनो पूरै वा अधिकांश समय गाउँ बाहिर बिताउने मानिसहरूले गाउँका लागि धेरै काम गर्न सक्छन् । त्यहाँको माटोमा हुर्किएको, त्यहाँको हावापानी खाएको र नयाँ पुस्ताको भविष्य उज्ज्वल होस भनेर आफू भन्दा अघिल्लो पुस्ताले बनाएका पूर्वाधार- स्कूल, स्वास्थ्यचौकी, बाटो, पाटीपौवा, धर्मशाला, पुलआदि- उपयोग गरेर आजको अवस्थामा आइपुगेको मानिसका नाताले त्यस ठाउँको दूधको भारा तिर्नका लागि पनि केही न केही गर्न सक्छन् । नेपाल र बाँकी विश्वमा उपलब्ध अवसर, साधनस्रोत र सुविधा उपभोग गर्ने मामलामा बाँकी मानिसलाई उछिनेका नताले आफू भन्दा कम अवसर पाएका र कतै पहुँच नभएका गाउँबासीलाई यस्ता अवसर, स्रोतसाधन र सुविधा उपभोग गर्न सहयोग गर्नु कर्तब्य हो ।
यसका लागि धेरै त्याग गर्नुपर्दैन । आफूले आर्जेको ज्ञान, सिप र सम्पत्तिमा आफूलाई हुर्काउने ठाउँको जति हक लाग्छ त्यति छुटयाइदिए पुग्छ ।
यस्तो गर्ने प्रक्रिया सरल छ । यस मामलामा सप्तरीको नेपाल-भारत सिमानामा रहेको गाउँ कटैयामा धेरै पहिले भएका कामबाट धेरै कुरा सिक्न सकिन्छ । त्यस गाउँमा हुर्केर अन्यत्र बसेका एकजना इञ्जिनियरको सक्रियतामा त्यहाँका मानिसले एउटा नियम बनाए । त्यस नियम अनुसार त्यस गाउँमा जन्मे/हुर्केको मानिसले वर्षमा निश्चित दिन -आफनो सुविधा अनुसार) गाउँमा बस्नुपर्छ । गाउँमा बस्दा ऊ इञ्जिनियर हो भने गाउँका लागि आवश्यक बाटो, पुलपुलेसाको सर्भे र डिजाइन गर्नुपर्छ । त्यसलाई साकार पार्न सक्दो प्रयास गर्नुपर्छ । स्वास्थ्य, शिक्षा, कृषि, ब्यापार, उद्योग आदि जुनसुकै क्षेत्रका मानिसलाई पनि यही कुरा लागू हुन्छ ।
तिब्बतसँग सिमाना जोडिएको गोरखाको चुम भेगका मानिसहरूबाट पनि धेरै कुरा सिक्न सकिन्छ । काठमाडौँमा बसोबास गरिरहेका त्यहाँका मानिसहरूले आफनो ठाउँको उन्नतिका लागि आप\mनो समय र पैसा खर्च गरिरहेका छन् । उनीहरू आफनो ठाउँमा उपलब्ध सार्वजनिक सेवालाई स्तरीय बनाउन, आफनो ठाउँको उन्नतिका लागि आवश्यक पर्ने नीति निर्माण गर्नका लागि दवाव दिने, स्वास्थ्य सेवा र भौतिक पूर्वाधार पुर्याउने जस्ता काम गर्दैछन् ।
सबैले उपयोग गर्ने यस्ता पूर्वाधार तयार गर्दैमा तिनको उपयोग सबैले समान रूपमा गर्न सक्छन् भन्ने छैन । तिनको उपयोग कसैले बढी, कसैले कम गर्न सक्छन् । कसैले गर्दै नगर्न सक्छन् । तिनलाई यस्ता सुविधा अरू सरह उपभोग गरेर आफनो उन्नति गर्न नसक्ने मानिसका लागि विशेष व्यवस्था गर्नुपर्छ । जस्तै, गरिवीका कारणले केटाकेटीलाई स्कूल पठाउन नसक्ने मानिस । कुनै पनि सार्वजनिक कामको लाभ सबै भन्दा पहिले कमजोर अवस्थामा रहेका मानिसले पाउने ब्यवस्था गर्नुपर्छ । यसका लागि तेह्रथुमको जिल्ला विकास समितिले बनाएको एउटा प्रावधान अन्यत्र पनि लागू गर्न सकिन्छ । त्यो के हो भने- जिल्लाका कुनै ठाउँमा, कसैले, कुनै कार्यक्रम सञ्चालन गर्छ भने त्यसको लाभ सबै भन्दा पहिले पाउने हक त्यस ठाउँको सबैभन्दा गरिब मानिसको हो । यसका लागि त्यहाँका सबै गाउँमा सबैभन्दा गरिब मानिस को हो भनेर पहिचान गरिसकिएको छ ।
गाउँ बाहिर रहेको जनशक्तिलाई उपयोग गर्नका लागि यस्ता मानिसहरूको दक्षता, सिप, ज्ञान र ठेगानाको विवरण तयार गर्न सकिन्छ । केही नभए पनि त्यस्ता मानिसहरूको नाम र सम्पर्क ठेगाना एक ठाउँमा राख्न सकिन्छ । यो काम गर्न त्यति गाह्रो रहेनछ भन्ने कुरा काठमाडौँमा बसेका चुमका बासिन्दाले देखाइसकेका छन् । उनीहरूले यस्तो विवरण तयार गरी त्यसलाई वेभसाइटमा राखेका छन् ।
गाउँमा जन्मे/हुर्केका र अहिले अन्यत्र बसेर विभिन्न पेशा गरिरहेका आधा मानिसले मात्र यसो गर्ने हो भने गाउँको मुहार फेरिन्छ । त्यतिबेला मात्र गाउँमा बस्ने पत्रकार मनोज लिम्बूले भन्न सक्छन्- गाउँमा नयाँ घर बन्दैछन् । पुराना घर सिँगारिँदैछन् ।
सार्वजनिक सेवा सुविधा अलि बढी मात्रामा उपभोग गरेका नाताले सहरमा बस्ने मानिसले यस्ता सेवा सुविधा कम भएका गाउँलाई मद्दत गर्न तम्सिए सहरमा बस्ने पत्रकारले भन्नसक्छ- सहर/बजार व्यवस्थित भए । अलि फराकिला भए । वातावरण स्वच्छ भयो । मान्छे बस्न लायक भए ।
(शनिवारीय, गोरखापत्र दैनिक, २०६७ पुस १७ गते, January 1, 2011)
Saturday, January 8, 2011
राजसंस्था चाहिन्छ ः थापा
मनोज लिम्बु
तेह्रथुम २३ पुष÷राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय एकताका लागि संवैधानिक राजसंस्थाको आवश्यकता रहेको बताउनु भएको छ । राप्रपा नेपाल तेह्रथुमको प्रथम जिल्ला अधिबेशनलाई आज म्याङलुङमा उद्घाटन गर्दै उहाँले राष्ट्रिय एकता लागि राजसंस्था एक मात्र बिकल्प भएको बताउनु भयो । राजनितिक दलहरुको कारण देशको राष्ट्रियता संकटमा परेको उल्लेख गर्दै उहाँले अहिले मुलुकमा राष्ट्रिय मेलमिलापको आवश्यकता रहेको औंल्याउनु भयो । उहाले अपराध र अपराधिहरुलाई दलहरुले संरक्षण गर्ने गरेकाले देशमा अपराधीक घटना बढिरहेको समेत उल्लेख गर्नु भयो । प्रमुख दल माओवादी कांग्रेस र एमालेले राजनितिमा ३ दलिय सेण्डिगेट खडा गरेर प्रजातन्त्र र राष्ट्रियता कमजोर बनाएको उहाँको आरोप छ । देशलाई संविधान र सरकार विहिनताको अवस्थामा राखेर गणतन्त्रबादी शक्ति हुँ भन्नेहरुले गणतन्त्रलाई गाईजात्रे ब्यवस्थाको रुपमा परिणत गराएको थापाले टिप्पणी गर्नुभयो । अधिवेशनको उद्घाटन समारोहमा राप्रपा नेपालका केन्द्रीय सदस्य रामकुमार सुब्बा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य रामवहादुर तुम्वाहाम्फे राष्ट्रिय जनशक्ति पार्टीका प्रतिनिधि लगायतले अधिवेशनको सफलताको शुभकामना दिएका थिए । उद्घाटन समारोह राप्रपा नेपाल तेह्रथुमका अध्यक्ष लिलावहादुर तुम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको हो ।
तेह्रथुम २३ पुष÷राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय एकताका लागि संवैधानिक राजसंस्थाको आवश्यकता रहेको बताउनु भएको छ । राप्रपा नेपाल तेह्रथुमको प्रथम जिल्ला अधिबेशनलाई आज म्याङलुङमा उद्घाटन गर्दै उहाँले राष्ट्रिय एकता लागि राजसंस्था एक मात्र बिकल्प भएको बताउनु भयो । राजनितिक दलहरुको कारण देशको राष्ट्रियता संकटमा परेको उल्लेख गर्दै उहाँले अहिले मुलुकमा राष्ट्रिय मेलमिलापको आवश्यकता रहेको औंल्याउनु भयो । उहाले अपराध र अपराधिहरुलाई दलहरुले संरक्षण गर्ने गरेकाले देशमा अपराधीक घटना बढिरहेको समेत उल्लेख गर्नु भयो । प्रमुख दल माओवादी कांग्रेस र एमालेले राजनितिमा ३ दलिय सेण्डिगेट खडा गरेर प्रजातन्त्र र राष्ट्रियता कमजोर बनाएको उहाँको आरोप छ । देशलाई संविधान र सरकार विहिनताको अवस्थामा राखेर गणतन्त्रबादी शक्ति हुँ भन्नेहरुले गणतन्त्रलाई गाईजात्रे ब्यवस्थाको रुपमा परिणत गराएको थापाले टिप्पणी गर्नुभयो । अधिवेशनको उद्घाटन समारोहमा राप्रपा नेपालका केन्द्रीय सदस्य रामकुमार सुब्बा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य रामवहादुर तुम्वाहाम्फे राष्ट्रिय जनशक्ति पार्टीका प्रतिनिधि लगायतले अधिवेशनको सफलताको शुभकामना दिएका थिए । उद्घाटन समारोह राप्रपा नेपाल तेह्रथुमका अध्यक्ष लिलावहादुर तुम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको हो ।
Subscribe to:
Posts (Atom)